भैरवी गाउँपालिका
From Wikipedia, the free encyclopedia
भैरवी नेपालकोको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । [2] यस गाउँपालिकाको कुल क्षेत्रफल ११०.४६ वर्ग किलोमिटर (४२.६५ वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या २१,२३३ रहेको छ र २०७८ साल को जनगणना अनुसार १८७६७ देखाएको छ। यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ ।[3] साविकका दुल्लु नगरपालिको केही भू-भाग, भैरीकालिकाथुम, कुसापानी, रावतकोट र कासीकांध गाविसहरू समेटेर बनाइएको यस गाउँपालिकाको कार्यालय साविकको भैरीकालिकाथुम गाविसको कार्यालयमा राखिएको छ ।[3] यस गाउँपालिकालाई २०७३ साल फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ ७४४ स्थानीय तहहरू बनाउने क्रममा घोषणा गरिएको थियो । [4][5]
छरितो तथ्यहरू भैरबी, देश ...
भैरबी | |
---|---|
भैरबी गाउँपालिका भैरीकालिकाथुम ४ दैलेख | |
आदर्श वाक्य(हरू): शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, हरियाली विकास, सहकारी, रोजगारी र पूर्वाधार: समृद्ध भैरवीका आठ आधार | |
निर्देशाङ्क: २८.९३°N ८१.६३°E / 28.93; 81.63 | |
देश | नेपाल |
प्रदेश | कर्णाली |
जिल्ला | दैलेख |
वडाहरूको सङ्ख्या | ७ |
घोषणा मिति | २०७३ फागुन २७ (१० मार्च २०१७) |
सरकार | |
• प्रकार | गाउँपालिका |
• अध्यक्ष | रिता कुमारी शाही (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | देवी भण्डारी (नेपाली कांग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ११०.४६ किमी२ (४२.६५ वर्ग माइल) |
जनसङ्ख्या (२०७८)[1] | |
• जम्मा | १७९८२ |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | http://www.bhairabimun.gov.np/ |
बन्द गर्नुहोस्