बोर्लाङ
From Wikipedia, the free encyclopedia
बोर्लाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०४४ रहेको थियो जसमध्ये २२८१ पुरुष र २७६३ महिला रहेका थिए भने यहाँ ११७९ घरधुरी रहेको थियो।[1][2] बोर्लाङ गोरखा जिल्ला अन्तर्गत पर्ने एउटा ऐतिहासीक गाउँ हो। जहाँ नेपालका कुलानन्द ढकाल, भक्ती थापा, भिमसेन थापा, माथवर सिंह थापा, जंगबहादुर राणा लगायतका प्रमुख र प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको जन्म भएको थियो। यो गाउँ गोरखा सदरमुकामवाट लगभग २४ किलोमिटर उत्तर-पुर्वमा पर्दछ।
छरितो तथ्यहरू बोर्लाङ, देश ...
बोर्लाङ | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८.००°N ८४.७१°E / 28.00; 84.71 | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ५,०४४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बन्द गर्नुहोस्