From Wikipedia, the free encyclopedia
बेर्नादो सिल्भा (जन्म: १९ डिसेम्बर १९९८) एक पुर्तुगाली व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।[3]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | बेर्नादो मोता भेइगा दे कारभालु ए सिल्भा[1] | |||||||||||||||||||||
जन्म मिति | [2] | १० अगस्ट १९९४|||||||||||||||||||||
जन्म स्थान | लिस्बोआ, पुर्तुगाल | |||||||||||||||||||||
उचाइ | १.७३ मि[2] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | म्यानचेस्टर सिटी | |||||||||||||||||||||
सङ्ख्या | २० | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
२००२–२०१३ | बेन्फिका | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
२०१३–२०१५ | बेन्फिका ख | ३८ | (७) | |||||||||||||||||||
२०१३–२०१५ | आसएल बेन्फिका | १ | (०) | |||||||||||||||||||
२०१४–२०१५ | → मोनाको (ऋण) | १५ | (२) | |||||||||||||||||||
२०१५–२०१७ | मोनाको | ८६ | (२२) | |||||||||||||||||||
२०१७– | म्यानचेस्टर सिटी | १४१ | (२४) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
२०१३ | १९ वर्ष मुनि | १३ | (२) | |||||||||||||||||||
२०१३–२०१५ | २१ वर्ष मुनि | १४ | (६) | |||||||||||||||||||
२०१५– | पुर्तुगाल | ६३ | (८) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ९:५०, १२ नोवेम्बर २०२१ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ९:५०, १२ नोवेम्बर २०२१ |
पुर्तुगालको लिस्बोआमा जन्मिएका सिल्भाले सोही ठाउँको बेन्फिका नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए। सन् २०१३ मा बेन्फिका ख फुटबल क्लबमा आवद्ध भएकै वर्ष उनको बेन्फिका क्लबमा पदोन्नति भएको थियो। सन् २०१४-१५ संस्करणको लिग अँमा उनी बेन्फिकाबाट मोनाकोमा ऋणमा आवद्ध भएका थिए जहाँ उनले १ वर्ष बिताएका थिए। सन् २०१७ मा मोनाकोका तर्फबाट उनले राष्ट्रिय च्याम्पियनसिप जितिसकेपछि उनी अङ्ग्रेजी क्लब म्यानेस्टर सिटीमा आवद्ध भएका थिए।[4] उनी सन् २०१७ मा सिटीमा आवद्ध भएकै वर्ष सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो। सन् २०१९ को अक्टोबर महिनामा उनी बालोन दिओँ नामक एक सम्मानका लागि ३० खेलाडीहरू मध्ये राखिएको थियो।
सन् २०१३ मा आयोजित युरोपेली यु १९ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सिल्भाले पुर्तुगाली १९ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सिल्भाले त्यसपछिका वर्षमा आयोजित सन् २०१८ को फिफा विश्वकप र सन् २०१९ को युएफा राष्ट्र लिगमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै विभिन्न खेलहरूमा सहभागी भएका थिए भने सन् २०१९ को युएफा राष्ट्र लिग राष्ट्रिय टोलीले जित्न सफल भएको थियो।
१९ वर्षको उमेरमा सिल्भाले सन् २०१३ मा पुर्तुगाली क्लब स्पेर्त लिस्बोआ बेन्फिका ख नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उनले उक्त क्लबमा कुल ३८ उपस्थितिहरूमा ७ गोल गर्न सफल भएका थिए।[5] सन् २०१३ मै उनी बेन्फिका फुटबल क्लबमा पनि आवद्ध भएका थिए।[6] सन् २०१३ अक्टोबर १९ का दिन सिल्भा बेन्फिका फुटबल क्लबमा आवद्ध भएका थिए भने सन् २०१३-१४ तासा दे पुर्तुगाल नामक एक फुटबल प्रतियोगितामा क्लबको तर्फबाट प्रतिनिधित्व गरेका थिए।[7] सन् २०१३-१४ संस्करणको तासा दे पुर्गुगाल प्रतियोगिताको उपाधि बेन्फिकाले जितेको थियो।[8]
सन् २०१४ अगस्ट ७ का दिन सिल्भाले फ्रान्सेली क्लब मोनाकोसँग ऋणका एक वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[9] उनले उक्त क्लबका लागि सन् २०१४ अगस्ट १७ का दिन लिग अँ नामक घरेलु लिगमा पर्दापण गरेका थिए जुन खेल बउदुको विरुद्ध आयोजना गरिएको थियो।[10] २१ सेप्टेम्बरका दिन उनले जँगँको विरुद्धमा पहिलो गोल गर्न सफल भएका थिए भने उक्त गोल क्लबलाई जित दिलाउन पर्याप्त बनेको थियो। उनले १४ डिसेम्बरका दिन मार्सेइयाको विरुद्धमा पनि १ गोल गरेका थिए।[11] सन् २०१५ जनवरी २० का दिन सिल्भाको अर्थतन्त्र र खेल अधिकार मोनाको एफसीलाई १५.७५ मिलियन युरोमा बिक्री भएकी भनि बेनिफिकाले घोषण गरेको थियो भने सिल्भाले सन् २०१९ जुन ३० का दिन समाप्त हुनेगरी उक्त क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[12] १० अप्रिलका दिन स्ताद मालेआर्ब कँको विरुद्ध आयोजित खेलमा सिल्भाले दुई गोल गर्न सफल भएका थिए भने उक्त खेल मोनाकोले ३-० गोल अन्तरले हात पारेको थियो। [13] सन् २०१५ अगस्ट १० का दिन सिल्भाले मोनाकोसँगको आवद्ध मितिमा १ वर्ष थप गरी जुन २०२० सम्म यस क्लबका लागि खेल्ने भएका थिए।[14] सन् २०१६-१७ को च्याम्पियन्स लिग संस्करणको समूह चरणको खेलमा मोनाकोको सामाना चयस्का मस्कोभाको विरुद्धको खेलमा सिल्भाले खेलको ८७औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए भने उक्त खेल सन् २०१६ अक्टोबर १८ का दिन आयोजना गरिएको थियो।[15][16] सन् २०१७ जनवरी १५ का दिन आयोजित मार्सेइया विरुद्धको खेलमा सिलेभाले दुई गोल गरेका थिए भने उक्त खेल मोनाकोले ४-१ गोल अन्तरले जित्न सफल भएको थियो जसकारण घरेलु लिग अँमा मोनाको शीर्ष स्थानमा पुगेको थियो।[17] सन् २०१६-१७ को संस्करणको घरेलु लिगमा सिल्भाले ८ गोल र गोल गर्नका लागि ९ सहायता प्रदान गरेका थिए भने सबै प्रतियोगिताहरूमा गरी कुल ५८ उपस्थिति जनाएका उनले सबै खेलहरूमा ११ गोल गरेका थिए।[18][19]
सन् २०१७ मे २६ का दिन सिल्भा अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटीसँगको ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए त्यससमय प्रिमियर लिगको सन् २०१६-१७ संस्करण चालू रहेको थियो।[20] उनले उक्त क्लबसँग आवद्ध भएपश्चात् युएफा च्याम्पियन्स लिगका खेलहरूमा पनि सहभागिता जनाउन सुरु गरेका थिए।[21] उनी कति रकमा उक्त क्लबसँग आवद्ध भएको जानकारी खुलाइएको थिइन् भने पछि कुल ७ करोड युरो रहेको खुलासा भएको थियो। सिल्भाले आधिकारिक रूपमा सन् २०१७ जुलाई १ का दिन म्यानचेस्टर सिटीमा आवद्ध भएका थिए।[22] सन् २०१८ फेब्रुअरी १३ का दिन सिल्भाले च्याम्पियन्स लिगको एक खेलमा बाजेल एफसी विरुद्ध पहिलो क्लबका लागि च्याम्पियन्स लिगमा पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए भने उक्त खेल सिटीले ४-० गोल अन्तरले जित्न सफल भएको थियो। [23] सन् २०१८ मार्च ५ का दिन चेल्सीको विरुद्ध आयोजित प्रिमियर लिगको एक खेलमा सिल्भाले क्लबका तर्फबाट एक गोल गर्न सफल भएका थिए जुन खेल जित्नका लागि पर्याप्त बनेको थियो।[24] सन् २०१७-१७ प्रिमियर लिग संस्करणको अन्त्यसम्ममा सिल्भाले सिटीका लागि कुल ५३ उपस्थितिहरू जनाएका थिए जुन अन्य खेलाडीको तुलनामा सबैभन्दा धेरै उपस्थिति रहेको थियो भने सिटीले त्यस वर्ष एएफएल कप बाहेक प्रिमियर लिगका खेलहरूमा कुल १०० अङ्क प्राप्त गरेको थियो। [25][26]
सन् २०१८-१९ को प्रिमियर लिग संस्करणमा सिल्भाले म्यानचेस्टर सिटीका लागि कुल ५१ उपस्थितिहरू जनाएका थिए भने उनले कुल उपस्थितिहरूमा जम्मा १३ गोल र गोल गर्नका लागि १४ सहायता प्रदान गरेका थिए।[27] सन् २०१९ अप्रिल २४ का दिन उनले म्यानचेस्टर युनाइटेडको विरुद्धमा क्लबका लागि सुरुवाती गोल गर्दै पहिलो अग्रता दिलाएका थिए भने उक्त खेल सिटीले हात परेपछि म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा पुगेको थियो।[28] सिल्भाको लगातार र प्रभावशाली प्रदर्शनका फलस्वरूप म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो भने उक्त संस्करणमा केभिन दे ब्रयना चोटका कारण अधिकांश खेलहरूमा उपस्थिति जनाउन असमर्थ भएका कारण उनको स्थानबाट सिल्भाले खेलेका थिए।[29] सिल्भाको उत्कृष्ट प्रदर्शनका कारनण उनी चार अन्य सहरका खिलाडीहरूको साथसाथै पिएफए टिम अफ द इअरमा मतदान मार्फत उनले म्यानचेस्टर सिटीको वर्ष खेलाडी पुरस्कार जित्न सफल भएका थिए।[30]
सन् २०१९ सेप्टेम्बर २१ का दिन आयोजित सन् २०१९-२० संस्करणको प्रिमियर लिगको खेलमा सिल्भाले वाट्फोर्ड फुटबल क्लबका विरुद्ध ह्याट्रिक गोल गरेका थिए भने उक्त खेल म्यानचेस्टर सिटीले ८-० को फराकिलो गोल अन्तरले जित्न सफल भएको थियो।[31] उक्त खेलको केही दिन पश्चात् उनलाई सोही क्लबका बँजमाँ मेँदीसँग एक जातिय भेदभाव सहितको ट्विट गरेका आरोप लगाइएको थियो भने उक्त ट्विट सार्वजनिक भएपछि उनको निकै आलोचना गरिएको थियो जसकारण उनले उक्त विवादित ट्विट मेटाउँदै साथीसँग ठट्टा गरेको भनि दोस्रो ट्विट लेखेका थिए।[32][33] उक्त विवादास्पद ट्विट गरेका कारण उनलाई १ दिनको खेल प्रतिबन्ध तथा ५० हजार युरो जरिवाना तिराइएको थियो।[34] सन् २०१९ को अक्टोबर महिनामा उनी बालोन दिओँ नामक एक सम्मानका लागि ३० खेलाडीहरू मध्ये राखिएको थियो।[35]
सन् २०१३ युरोपेली मुलुक लिथुवानीमा आयोजित युरोपेली यु १९ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सिल्भाले पुर्तुगाली १९ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।[36] उक्त प्रतियोगितामा राष्ट्रिय युवा टोलीका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई युएफा समाचादाताहरूले १० उत्कृष्ट युवा खेलाडी मध्येको एक भनि उनलाई संज्ञा दिएका थिए।[37][38][39] सन् २०१५ मार्च ३१ का दिन सिल्भाले पुर्तुगाली वरिष्ठ राष्ट्रिय टोलीका प्रतिनिधित्व गर्दै कापो भेर्दे विरुद्धको एक मैत्रीपूर्ण खेलमा सहभागीता जनाएका थिए जहाँ राष्ट्रिय टोलीले २-० गोल अन्तरले पराजित भएको थियो।[40] सन् २०१५ जुन २७ का दिन चेक गणतन्त्रमा आयोजित युरोपेली यु २१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट जर्मनीको विरुद्धमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ५-० को फराकिलो गोल अन्तरले जित्न सफल भएको थियो।[41] सन् २०१६, फ्रान्समा आयोजित युरोकप अन्तर्गत सिल्भाले पनि उक्त प्रतियोगितामा भाग लिएका थिए तर चोटका कारण उनले उक्त प्रतियोगिताको अन्तिम खेलमा बाहिरिनु परेको थियो।[42]
सन् २०१७, रूसमा आयोजित कन्फेडेरेसन कप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सिल्भाले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।[43] उक्त प्रतियोगितामा न्युजिल्यान्डका विरुद्ध सिल्भाले समूह चरणको खेलमा दोस्रो गोल गरेका थिए भने राष्ट्रिय टोलीले उक्त खेल ४-० गोल अन्तरले जित्न सफल भएको थियो।[44] उक्त प्रतियोगिताको सेमिफाइनल खेल चिलेको राष्ट्रिय टोलीको चिलेको विरुद्धमा आयोजना गरिएको थियो भने खेल समाप्त हुँदासम्म पनि दुवै टोलीबाट गोल हुन नसकेका कारण पेनाल्टी मार्फत राष्ट्रिय टोली चिले विरुद्ध पराजित हुँदै उक्त प्रतियोगिताबाटै बाहिरिएको थियो।[45] तेस्रो स्थानका लागि तय गरिएको खेलमा भने राष्ट्रिय टोलीले।मेक्सिकोलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान सुनिश्चित गरेको थियो। सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपको संस्करणमा उनी राष्ट्रिय टोलीका २३ खेलाडीहरूमा समावेश हुन सफल भएका थिए भने उनले उक्त प्रतियोगितामा राष्ट्रिय टोलीका लागि पुरै चार खेलहरूमा सहभागिता जनाएका थिए।[46] उक्त प्रतियोगिताको समूह चरणको खेल पश्चात् राष्ट्रिय टोली उरुग्वे विरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।[47] सन् २०१८-१९ को युएफा राष्ट्र लिग अन्तर्गतको खेलमा उनले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै तीन खेलहरूमा सहभागिता जनाएका थिए भने उक्त प्रतियोगिताको समूह चरणको खेलमा राष्ट्रिय टोलीले पोल्यान्डलाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[48] उक्त प्रतियोगिताको अन्तिम खेलमा पनि सिल्भाले सहभागिता जनाएका थिए भने राष्ट्रिय टोलीले नेदरल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो।
क्लब | संस्करण | लिग | राष्ट्रिय कप[lower-alpha 1] | लिग कप[lower-alpha 2] | युरोप | अन्य | जम्मा | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विभाग | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | उपस्थिति | गोल | ||
आसएल बेन्फिका | २०१३–१४[49] | सेगुन्दा लिगा | ३८ | ७ | — | — | — | — | ३८ | ७ | ||||
बेन्फिका | २०१३–१४[49] | प्रिमियरा लिगा | १ | ० | १ | ० | १ | ० | ० | ० | — | ३ | ० | |
मोनाको (ऋण) | २०१४–१५[50] | लिग अँ | १५ | २ | १ | १ | २ | ० | ३[lower-alpha 3] | ० | — | २१ | ३ | |
मोनाको | २०१४–१५[50] | लिग अँ | १७ | ७ | २ | ० | १ | ० | ४[lower-alpha 3] | ० | — | २४ | ७ | |
२०१५–१६[50] | लिग अँ | ३२ | ७ | ३ | ० | १ | ० | ८[lower-alpha 4] | ० | — | ४४ | ७ | ||
२०१६–१७[50] | लिग अँ | ३७ | ८ | ३ | ० | ३ | ० | १५[lower-alpha 3] | ३ | — | ५८ | ११ | ||
जम्मा | १०१ | २४ | ९ | १ | ७ | ० | ३० | ३ | — | १४७ | २८ | |||
म्यानचेस्टर सिटी | २०१७–१८[51] | प्रिमियर लिग | ३५ | ६ | ३ | १ | ६ | १ | ९[lower-alpha 3] | १ | — | ५३ | ९ | |
२०१८–१९[27] | प्रिमियर लिग | ३६ | ७ | ३ | २ | २ | ० | ८[lower-alpha 3] | ४ | १[lower-alpha 5] | ० | ५० | १३ | |
२०१९–२०[52] | प्रिमियर लिग | ३४ | ६ | ४ | १ | ६ | १ | ७[lower-alpha 3] | ० | १[lower-alpha 5] | ० | ५२ | ८ | |
२०२०–२१[53] | प्रिमियर लिग | १ | ० | ० | ० | १ | ० | ० | ० | — | २ | ० | ||
जम्मा | १०६ | १९ | १० | ४ | १५ | २ | २४ | ५ | २ | ० | १५७ | ३० | ||
कुल | २४६ | ५० | २० | ५ | २३ | २ | ५४ | ८ | १ | ० | ३४७ | ६५ |
राष्ट्रिय टोली | वर्ष | उपस्थिति | गोलहरू |
---|---|---|---|
पुर्तुगाल | २०१५ | ५ | ० |
२०१६ | ४ | १ | |
२०१७ | १२ | १ | |
२०१८ | १२ | १ | |
२०१९ | १० | ३ | |
२०२० | २ | ० | |
जम्मा | ४५ | ६ |
क्रश | मिति | स्थान | उपस्थिति | प्रतिस्पर्धी | अङ्क | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|---|
१ | १ सेप्टेम्बर २०१६ | एस्तादु दु बेस्सा, पुर्तु, पुर्तुगाल | ७ | जिब्राल्टार | ४–० | ५–० | मैत्रीपूर्ण खेल |
२ | २४ जुन २०१७ | गाजप्रोम रङ्गशाला, साङ्क्त पितेरबुर्ग, रूस | १४ | न्युजिल्यान्ड | २–० | ४–० | सन् २०१७ फिफा कन्फेडेरेसन कप |
३ | ११ अक्टोबर २०१८ | स्लावस्की।रङ्गशाला, खोजुफ, पोल्यान्ड | ३२ | पोल्यान्ड | ३–१ | ३–२ | २०१८–१९ युएफा राष्ट्र लिग |
४ | ७ सेप्टेम्बर २०१९ | रेड स्टार रङ्गशाला, बेलाग्रादे, सर्बिया | ३८ | सर्बिया | ४–२ | ४–२ | युएफा युरो सन् २०२० छनोट |
५ | ११ अक्टोबर २०१९ | एस्तादु जोजे आल्भालादे, लिस्बोआ, पुर्तुगाल | ४० | लक्जेम्बर्ग | १–० | ३–० | |
६ | १४ नोभेम्बर २०१९ | एस्तादु आलग्राभे, फारू, पुर्तुगाल | ४२ | लिथुआनिया | ५–० | ६–० |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.