From Wikipedia, the free encyclopedia
बिलबोर्ड एक अमेरिकी मनोरञ्जन मिडिया ब्रान्ड हो जुन बिलबोर्ड हलिउड रिपोर्टर मिडिया समूहको स्वामित्वमा रहेको छ जुन एलड्रिज उद्योगको एक विभाजन हो। यसले समाचार, भिडियो, विचार, समीक्षा, घटना, र शैली समावेश गरिएका टुक्राहरू प्रकाशित गर्ने गर्दछ। बिलबोर्ड हट १०० र बिलबोर्ड २०० गरी यो सङ्गीत चार्टहरूको लागि पनि जानिन्छ जसले विभिन्न किसिमका सबैभन्दा लोकप्रिय गीत र एल्बमहरूलाई पछ्याउने काम गर्दछ। यसले कार्यक्रमहरूको आयोजना गर्दछ, एक प्रकाशन फर्मको स्वामित्व गरेको छ र धेरै टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दछ।[2]
सम्पादक | हन्नाह कार्प |
---|---|
पूर्व सम्पादक | टोनी जर्भिनो, बिल वेर्ड, तमारा कोन्निफ |
श्रेणी | मनोरञ्जन उद्योग |
आवृति | साप्ताहिक |
प्रकाशक | लेन सेगल |
कुल वितरण | १७,००० पत्रिका प्रति हप्ता १५.२ मिलियन नमूना पाठक प्रति महिना[1] |
संस्थापक | विलियन डोनाल्डसन र जेम्स हेनीगन |
स्थापना बर्ष | नोभेम्बर १, १८९४ ( बिलबोर्ड एड्भरटाइजिङ को रूपमा) |
कम्पनी | बिलबोर्ड-हलिउड मिडिया समूह (भ्यालेन्स मिडिया, एल्ड्रिज उद्योगको एक एकाइ |
देश | संयुक्त राज्य अमेरिका |
प्रधान कार्यालय | न्यु योर्क सहर |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | 0006-2510 |
बिलबोर्डको स्थापना सन् १८९४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनले रसिदका पोस्टरहरूका लागि व्यापारिक प्रकाशनको रूपमा गरेका थिए। डोनाल्डसनले पछि हेन्नागेनको स्वामित्व ५०० अमेरिकी डलरमा सन् १९९० मा प्राप्त गरेका थिए। २०औँ शताब्दीको सुरुवाती वर्षहरूमा यसले मनोरञ्जन उद्योगलाई आफ्नो मुख्यधारमा समावेश गरेको थियो जसमा यसले तमाशागृह, मेला, र व्यङ्ग्यरचनका कार्यक्रम पर्दछन् भने यसले यात्रा गर्ने मनोरञ्जनकर्ताहरूका लागि डाँक सेवाको पनि सृजना गरेको थियो। पछि, बिलबोर्डले सङ्गीत उद्योगमा अधिक ध्यान केन्द्रित गर्न थालेको थियो। यसमा समावेश गरिएका धेरै शीर्षकहरू, मनोरञ्जन व्यवसाय सहित विभिन्न पत्र पत्रिकाहरूमा आफ्नोमा छाप्न सुरु गरेका थिए जसमा सन् १९६१ मा, अम्युजमेन्ट बिजनेस नामक पत्रिकाले यसको सामग्री साभार गर्दै बाहिरी मनोरञ्जनका सामग्रीहरू छापेको थियो। त्यस पश्चात्, बिलबोर्डले मात्रै साङ्गीतिक क्षेत्रमा ध्यान दिँदै अगाडि बढेको थियो। डोनाल्डसनको सन् १९२५ मा मृत्यु भएपछि बिलबोर्डलाई हेन्नेगन र डोनाल्डसनको छोराछोरीहरू समक्ष सुम्पिएको थियो भने सन् १९८५ मा, यसलाई निजी लगानीकर्ताहरूलाई बेचिएको थियो। त्यस पश्चात्, यसलाई विभिन्न दलहरूले स्वामित्वमा राखेका थिए।[3]
पहिलो बिलबोर्डको छपाईको वितरण सिनसिनाटी, ओहायोमा १ नोभेम्बर १९८४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनद्वारा भएको थियो।[4][5] सुरुमा यसले विज्ञापन र रसिद पोस्टर उद्योगका सामग्रीहरू समावेश गरेको थियो जुन बिलबोर्ड विज्ञापनको रूपमा परिचित थियो।[6][7] त्यस समयमा, सार्वजनिक स्थानहरूमा राखिएका विज्ञापन, पोस्टर, र कागजका प्रचारहरू, प्राथमिक विज्ञापन माध्यम थिए। डोनाल्डसनले सम्पादकीय र विज्ञापन एकाइ सम्हालेका थिए जबकि हेन्नेन प्रिन्टिङ कम्पनीका प्रमुख हेन्नेगनले पत्रिकाको उत्पादन सम्हालेका थिए।[7] यसको पहिलो अङ्कहरू आठ पृष्ठ लामो थियो। यसमा कृषि मेलाहरूको लागि विभाग सन् १८९६ मा, स्थापना गरिएको थियो। यसको शीर्षकलाई सन् १८९६ मा बिलबोर्डमा परिवर्तन गरिएको थियो।[8]
सम्पादकीय मतभेदहरूमा केही छोटो प्रस्थान पछि, डोनाल्डसनले सन् १९९० मा खारेजी हुनबाट बचाउनका लागि हेन्नेगनको स्वामित्वलाई ५०० अमेरिकी डलरमा (हालको $१५,४०० को बराबर) खरिद गरेका थिए।[9] उक्त वर्षको मे महिनामा, डोनाल्डसनले यसलाई मासिकबाट साप्ताहिक पत्रिकामा परिवर्तन गरेका थिए भने यसले हालैको समाचारहफमा बढी जोड दिएको थियो।[8][10] उनले सम्पादकीय गुणस्तरमा सुधार गर्दै न्युयोर्क, सिकागो, सान फ्रान्सिस्को, लन्डन र पेरिसमा नयाँ कार्यालयहरू खोलेका थिए र यसका साथसाथै उनले, ईसाइ धर्मावलम्बीहरूको उत्सव, तमाशागृह, हास्य नाटक र व्यङ्ग्यरचन जस्ता बाहिरी मनोरञ्जन सामग्री समेट्दै पत्रिकालाई पुनः केन्द्रित गरेका थिए।[9][10] तमाशागृह समर्पित एउटा खण्ड सन् १९९० मा सुरु गरिएको थियो र त्यस पश्चात् सन् १९९१ मा यस पत्रिकामा बाहिरी घटनाहरूको अधिक समावेशीकरण हुन थालेको थियो।[4][9] बिलबोर्डले नियम, व्यावसायिकताको अभाव, अर्थशास्त्र, र नयाँ कार्यक्रमहरू सहितका तमाम विषयहरूलाई पनि यसमा समावेश गरेको थियो। यसमा "मञ्च गफ" स्तम्भ रहेको थियो जसले मनोरञ्जनकर्ताहरूको निजी जीवनलाई समावेश गर्दछ। "टेन्ट सो" नामक एक खण्डले यात्राप्रधान कार्यक्रम समावेश गर्दछ भने यसको उप खण्डलाई "फ्रिक्स टु अडर" भनिन्छ। सियाटल टाइम्सका अनुसार , डोनाल्डसनले यसमा समाचार लेखहरू पनि प्रकाशित गरेका थिए।[11]
रेलमार्गहरू अधिक विकसित भएसँगै, बिलबोर्डले यात्रा मनोरञ्जनकर्ताहरूको लागि डाँक अग्रेषण प्रणालीको थालनी गरेको थियो। यो सेवा पहिलो पटक सन् १९०४ मा सुरु गरिएको थियो भने यो बिलबोर्डका लागि कमाइको राम्रो तथा स्थापित स्रोत बन्न पुगेको थियो जसमार्फत यसले विभिन्न क्षेत्रका हस्तिहरूसँग पनि सम्बन्ध कायम गरेको थियो।[8] सन् १९१४ सम्ममा यस सेवा प्रयोग गर्नेहरूको सङ्ख्या ४२,००० रहेको थियो। यसलाई प्रथम विश्वयुद्धको बेला मसौदा पत्रका लागि यात्रा गर्ने मनोरञ्जनकर्ताहरूको आधिकारिक ठेगानाको रूपमा पनि प्रयोग गरिएको थियो।[12] सन् १९६० को दशकमा यसलाई बन्द गरिएको थियो जहाँ यसले प्रति हप्ता १,५०० पत्रहरू प्रशोधन गरेको थियो।
सन् १९२० मा, डोनाल्डसनले अफ्रिकी-अमेरिकी पत्रकार जेम्स अल्बर्ट ज्याक्सनलाई अफ्रिकी-अमेरिकी कलाकारहरूको लागि साप्ताहिक स्तम्भ लेखनमा नियुक्त गर्दै एक विवादास्पद कदम चालेका थिए।[4] द बिजनेस अफ कल्चरका (अनुवादित शीर्षक: व्यवसायको संस्कृति) अनुसार मनोरञ्जन र मिडियामा भएको रणनीतिक परिप्रेक्ष्यमा, स्तम्भले अश्वेत कलाकारहरूका विरुद्ध भेदभावको पहिचान गरेको थियो र उनीहरूको कार्यजीवन मान्य गर्न पनि मद्दत गरेको थियो। ज्याक्सन मुख्यतया श्वेत दर्शकहरूको साथ राष्ट्रिय पत्रिकामा पहिलो अश्वेत समालोचक थिए। उनको नातिका अनुसार, डोनाल्डसनले आफ्नो जातिबाट कलाकारहरूको पहिचान विरुद्ध एक नीति स्थापित गरेका थिए। डोनाल्डसन निधन सन् १९२५ मा, भएको थियो।[13]
बिलबोर्ड ताररहित रेडियो, शब्द उच्चारण यन्त्र जस्ता रेकर्डिङ प्रविधिको प्रयोग व्यापक रूपमा भएसँगै सम्पादकीय परिवर्तन गरेको थियो।[4] यसले सन् १८९९ मा सिक्काद्वारा सञ्चालित मनोरञ्जन यन्त्रहरू समावेश गर्न सुरु गरेको थियो[7] र मार्च १९३२ मा, यस प्रति समर्पित खण्डको विकास गरेको थियो जसलाई "एम्युजमेन्ट मेसिन" नामकरण गरिएको थियो।[11]बिलबोर्डले सन् १९०९ मा चलदृश्य उद्योगलाई समावेश गर्न सुरु गरेको थियो तथापि यसले, भेराइटी पत्रिकासँगको प्रतिस्पर्धाको कारण सङ्गीतमा ध्यान केन्द्रित गरेको थियो। यसले सन् १९२० को दशकमा एक रेडियो प्रसारण स्टेसनको सृजना गरेको थियो।[14]
जुकबक्स (सिक्काद्वारा सञ्चालित यन्त्र) उद्योग महामन्दीको माध्यमबाट अगि बढिरहेको बेलामा यसको बिलबोर्डमा भारी विज्ञापन गरिएको थियो जसले सङ्गीत क्षेत्रसँग सम्बन्धित सामग्रीहरूमा अझ बढी सम्पादकीयमा ध्यानाकर्षण गर्न अभिप्रेरित गरेको थियो।[15] फोनोग्राफ र रेडियोको प्रसारले पनि यसको बढ्दो सङ्गीतमा जोड दिएको थियो।[9][10] बिलबोर्डले ४ जनवरी १९३६ मा पहिलो बिलबोर्ड साङ्गीतिक तालिका प्रकाशित गरेको थियो र जनवरी १९३९ मा "रेकर्ड खरिद सहयोगी" पेश गरेको थियो।[6] सन् १९४० मा, यसले "तालिका रेखा" लाई परिचय गराएको थियो जसले सर्वाधिक बिक्री भएको साङ्गीतिक सामग्रीहरूलाई पछ्याउने गर्दछ।[10] सन् १९४० को दशकमा, बिलबोर्ड सङ्गीत उद्योग विशेषज्ञ प्रकाशन बन्न पुगेको थियो।[9] सङ्गीत तर्फको रुचि र विधाको बढ्दो विविधताका कारण प्रकाशित तालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्ध पश्चात् वृद्धि भएको थियो।[7][9] सन् १९८७ सम्म, यसमा आठ तालिकाहरू समावेश थिए।[7]
बिलबोर्डले एउटा समाचार वेबसाइट र साप्ताहिक व्यावसायिक पत्रिका प्रकाशित गर्ने गर्दछ जसमा सङ्गीत, भिडिओ र घर गृह मनोरञ्जन लगायतका सामग्रीहरू समावेश हुन्छन्।[10] यसका अधिकतम् लेखहरू लेखन कर्मचारीहरूद्वारा लेखिन्छ जबकि केही विशेषलाई भने उद्योग विज्ञहरूले लेख्ने गरेको पाइन्छ। यसले समाचार, गफ, राय, र सङ्गीत समीक्षा लगायतका विषयहरू समेट्दछ, तथापि, यसको "सबैभन्दा स्थायी र प्रभावशाली सृजना" बिलबोर्ड तालिका हो।[7] तालिकाहरूले सङ्गीतको बिक्री, रेडियो प्रसारण र सबैभन्दा लोकप्रिय गीत तथा गिती सङ्ग्रहहरू बारेमा अन्य आँकडाहरू पछ्याउने गर्दछ।[4] यसले सन् १९५८ मा, बिलबोर्ड हट १०० नामक एक साङ्गीतिक तालिकाको सुरुवात गरेको थियो जहाँ यो शीर्ष बिक्री भएका गीतहरूको लागि आधिकारिक तालिका समेत हो।[10] यसको अर्को सृजना बिलबोर्ड २००ले शीर्ष बिक्री भएका गिती सङ्ग्रहहरूलाई पछ्याउने गर्दछ। यो व्यावसायिक सफलताको सूचकको रूपमा बढी लोकप्रिय भएको छ। बिलबोर्डले वाट्सन-गुप्टिलसँगको सहकार्यमा, बिलबोर्ड तालिकामा आधारित, अमेरिकी शीर्ष ४० भन्ने रेडियो र टेलिभिजन शृङ्खलाको पुस्तकहरू पनि प्रकाशित गरेको छ।[13][16] दैनिक बिलबोर्ड छोटो समाचारपत्र फेब्रुअरी १९९७ मा, सार्वजनिक गरिएको थियो भने बिलबोर्डले उद्योगका २० कार्यक्रमहरू वर्षै पिच्छे आयोजना गर्ने गर्दछ।
बिलबोर्डलाई सङ्गीत उद्योग समाचारको सबैभन्दा प्रतिष्ठित स्रोतहरू मध्ये एक मानिन्छ।[13][16] यसले प्रति हप्ता १७,००० पत्रिका वितरण गर्ने गर्दछ जहाँ यसका मासिक रूपमा १ करोड भन्दा बढी अनलाइन पाठकहरू छन्। वेबसाइटले बिलबोर्ड तालिका, सङ्गीत विधा, भिडिओ, र एक अलग वेबसाइटद्वारा छुट्याइएको समाचार समावेश गर्ने गर्दछ। यसले सूचिहरू पनि सङ्कलन गर्ने गर्दछ जहाँ यसले प्रेट-अ-रिपोर्टर नामक एक फेसन वेबसाइट पनि सञ्चालन गरिरहेको छ। यसले ८ विभिन्न समाचारपत्रहरू प्रकाशन गर्ने गर्दछ।[1]
पत्रिकाका नियमित खण्डहरूमा तल उल्लेखित समावेश छन्:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.