बनारस
From Wikipedia, the free encyclopedia
वाराणसी, जसलाई काशी र बनारस' पनि भनिन्छ, भारतको उत्तर प्रदेश राज्यको गङ्गा नदीको किनारमा अवस्थित एउटा प्राचीन शहर हो। यो हिन्दु धर्म मा एक धेरै महत्त्वपूर्ण तीर्थस्थल हो, र बौद्ध र जैन धर्महरूका लागि पनि एक तीर्थस्थल हो [१] हिन्दू मान्यता अनुसार यसलाई "अविमुक्त क्षेत्र" भनिन्छ।[3]
वाराणसी
Varanasi काशी, बनारस | |
---|---|
काशीका केही पबित्र ठाँऊहरू | |
उपनाम: भारतको अध्यात्मिक राजधानी | |
देश | भारत |
राज्य | उत्तर प्रदेश |
जिल्ला | वाराणसी |
सरकार | |
क्षेत्रफल | |
• महानगरीय_क्षेत्र | ३,१३१ किमी२ (१२०९ वर्ग माइल) |
उन्नतांश | ८०.७१ मिटर (२६४.८० फिट) |
जनसङ्ख्या (२०११) | |
• महानगरीय_क्षेत्र | १,२०१,८१५ |
• क्रम | ३०औ |
• घनत्व | ३८०/किमी२ (९९०/वर्ग माइल) |
• महानगर | १,४३५,११३ (३२nd) |
भाषा | |
• आधिकारिक | हिन्दी |
समय क्षेत्र | युटिसी+5:30 (आइएसटि) |
पिन | 221 001 to** (** area code) |
टेलीफोन कोड | 0542 |
सवारी दर्ता | UP 65 |
Sex ratio | 0.926 (2011) ♂/♀ |
Literacy (2011) | 80.12%[2] |
वेबसाइट | varanasi |
वाराणसी संसारको प्राचीन बसोबास सहरहरू मध्ये एक हो। काशी नरेश (काशीका महाराजा) वाराणसी शहरको मुख्य सांस्कृतिक संरक्षक र सबै धार्मिक गतिविधिहरूको अभिन्न अंग हो।[4] वाराणसीको संस्कृतिको गंगा नदी र यसको धार्मिक महत्वसँग अटूट सम्बन्ध छ। यो सहर हजारौं वर्षदेखि भारत विशेष गरी उत्तर भारतको सांस्कृतिक र धार्मिक केन्द्रको रूपमा रहेको छ। हिन्दुस्तानी शास्त्रीय संगीतको बनारस घरानाको जन्म र विकास वाराणसीमै भएको थियो। वाराणसीमा कबीर साहेब , वल्लभाचार्य, रविदास, स्वामी रामानन्द, त्रालङ्गा स्वामी, शिवानन्द गोस्वामी, मुन्शी प्रेमचन्द, जयशंकर प्रसाद, आचार्य रामचन्द्र शुक्ल, पण्डित रवि शंकर, गिरिजा देवी, पंडित हरिप्रसाद चौरसिया र उस्ताद बिस्मिल्ला खान आदि लगायत भारतका धेरै दार्शनिक, कवि, लेखक, संगीतकारहरू बसेका छन्। गोस्वामी तुलसीदासले हिन्दू धर्मको सबैभन्दा सम्मानित मध्येको पुस्तक रामचरितमानस यहाँ नै लेखेका थिए र गौतम बुद्धले समेत आफ्नो पहिलो उपदेश यहाँ सारनाथमा दिएका थिए।
वाराणसी चार प्रमुख विश्वविद्यालयहरूको घर हो : बनारस हिन्दू विश्वविद्यालय, महात्मा गांधी काशी विद्यापीठ, सेंट्रल इंस्टीट्यूट ऑफ हाइयर टिबेटियन स्टडीज़ र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय । यहाँका बासिन्दाहरू मुख्यतया काशिका भोजपुरी बोल्छन्, जुन हिन्दीकै एक बोली हो। वाराणसीलाई प्रायः 'मन्दिरहरूको शहर', 'भारतको धार्मिक राजधानी', 'भगवान शिवको शहर', 'दीपहरूको शहर', 'ज्ञानको शहर' आदि विशेषणहरूद्वारा सम्बोधन गरिन्छ। प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वेन लेख्छन्: "बनारस इतिहास भन्दा पुरानो छ, परम्परा भन्दा पुरानो, किम्वदन्ती (लेजेण्ड )भन्दा पुरानो, र एकसाथ राख्दा त्यो संग्रह भन्दा दोब्बर पुरानो छ।"[5][6]