बङ्गाली विकिपिडिया
स्वतन्त्र खुल्ला विकिपिडियाको एक संस्करण / From Wikipedia, the free encyclopedia
बङ्गाली विकिपिडिया (बङ्गाली: বাংলা উইকিপিডিয়া), बङ्गाली भाषा संस्करणको नि:शुल्क अनलाइन विश्वकोश परियोजना हो जसलाई गैर लाभकारी अमेरिकी संस्था विकिमिडिया फाउन्डेसनले सञ्चालन गर्दै आइरहेको छ। यो २७ जनवरी २००४ मा सुरु गरिएको थियो। यसले सुरुवातको दुई वर्षमै, अक्टोबर २००६ मा, १०,००० वटा पृष्ठ नाघिसकेको थियो जसले गर्दा यो दक्षिण एसियाली भाषाहरूमा सो गर्ने दोस्रो विकिपिडिया बन्न सफल भएको थियो।[1] १८ जुलाई २०१९ सम्म, कुल पृष्ठले ७०,२०४ नाधेको थियो जसमा मासिक सक्रिय सम्पादनकर्ता १,५२८ भन्दा बढी रहेका थिए। औसत रूपमा, यस वेबसाइटलाई दिनको पाँच हजार भन्दा बढी पटक हेरिएको थियो।[2] २२ जुलाई २०१९ सम्म, यस बङ्गाली भाषाको विकिपिडियामा कुल ३५ लाख भन्दा बढी सम्पादन भैसकेको छ। हाल यसका ११ जना प्रवन्धकहरू रहेका छन् भने यस विकिपिडियाको गहिराई ३९० रहेको छ।[3]
साइटको प्रकार | इन्टरनेट विश्वकोष परियोजना |
---|---|
उपलब्ध भाषा | बङ्गाली |
मुख्यालयहरू | ढाका र कलकत्ता |
मालिक | विकिमिडिया फाउन्डेसन |
युआरएल | बीएन.विकिपिडिया.ओर्ग |
व्यवसायिक | हैन |
दर्ता | वैकल्पिक |
प्रयोगकर्ताहरू | २५३,४३१ |
चालु भएको मिति | २७ जनवरी २००४; २० वर्ष पहिले (२००४-०१-27) |
वर्तमान स्थिति | चालू |
जनवरी २०१९ को अनुसार, बङ्गाली विकिपिडिया बङ्गाली भाषामा लिखित एकमात्र अनलाइन स्वतन्त्र विश्वकोश हो। यो इन्टरनेट बङ्गाली सामग्री सम्बन्धी वेबसाइटहरूको सबैभन्दा ठूलो वेबसाइट हो।[4] सन् २०१० मा, मोबाइल फोनहरूमा बङ्गाली विकिपिडियाको मोबाइल संस्करण पनि सुरुवात गरिएको थियो। सन् २०१८ मा, बङ्गाली विकिपिडियालाई विश्वव्यापी रूपमा १९० मिलियन भन्दा बढी पटक अवलोकन गरिएको थियो।[2][5] बङ्गाली विकिपिडियासँग बङ्गाली लिपि लेख्नको लागि एक उपकरण रहेको छ जसको प्रयोगले प्रयोगकर्ताहरूले तपाईँ कुनै पनि ल्याटिन वर्णमाला कुञ्जीपाटी प्रयोग नयाँ तरीकाबाट बङ्गाली भाषामा लेख्न सक्दछन्। यसका लागि कुनै बाह्य सफ्टवेयरको आवश्यकता भने पर्दैन। [6]