![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/ff/BC_Place_2015_Women%2527s_FIFA_World_Cup.jpg/640px-BC_Place_2015_Women%2527s_FIFA_World_Cup.jpg&w=640&q=50)
फिफा महिला विश्वकप
From Wikipedia, the free encyclopedia
फिफा महिला विश्वकप एक अन्तर्राष्ट्रिय वरिष्ठ महिला फुटबल प्रतियोगिता हो जसलाई विश्व फुटबलको नियमनकारी निकाय (फ्रान्सेली: Fédération Internationale de Football Association) फेदेरास्योँ आन्तानास्योनाल द फुत्बोल आसोस्यास्योँ (फिफा)ले सञ्चालन गर्ने गर्दछ।[2] यस प्रतियोगितालाई सन् १९९१ देखि नियमित रूपमा चार वर्षको अन्तरालमा सञ्चालन गरिएको छ जहाँ यसको पहिलो प्रतियोगितालाई चीनले आयोजना गरेको थियो जसको नाम प्रारम्भिक रूपमा फिफा महिला विश्व प्रतियोगिता राखिएको थियो। प्रतियोगिताको हालको ढाँचा अन्तर्गत, विभिन्न देशका महिला राष्ट्रिय फुटबल टोलीहरू मध्ये २३ वटा राष्ट्रिय टोलीहरूले छनोट खेलहरू मार्फत प्रतियोगितामा प्रवेश गर्दछन् भने अन्तिम २४औँ स्थानमा, आयोजक राष्ट्र स्वचालित रूपमा छनोट हुन्छ।
स्थापना | १६ नोभेम्बर १९९१; ३२ वर्ष पहिले (१९९१-११-16) (फिफा महिला विश्व प्रतियोगिता) |
---|---|
क्षेत्र | फिफा |
समूह सङ्ख्या | २४ |
वर्तमान विजेता | ![]() (४औंँ उपाधि)[1] |
सबैभन्दा सफल टोली | ![]() (४औँ उपाधि) |
वेबसाइट | फिफा महिला विश्वकप |
![]() |
हालसम्म आयोजना गरिएका ८ वटा फिफा महिला विश्वकपलाई ४ वटा देशका राष्ट्रिय फुटबल टोलीहरूले हात पार्न सफल भएका छन्। प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिकालाई मानिन्छ जसले हालसम्म यो प्रतियगिताको ४ वटा संस्करण जितेको छ। यस्तै अन्य विजेताहरूमा, २ उपाधिको साथ जर्मनी र एक-एक उपाधिको साथ जापान र नर्वे रहेका छन्।[3]
हालसम्म ६ वटा देशहरूले यो प्रतियोगिताको आयोजना गरिसकेकाका छन्। यो फुटबल प्रतियोगितालाई चीन र संयुक्त राज्य अमेरिकाले दुई दुई पटक आयोजना गरेका छन् भने अन्य आयोजकहरूमा, क्यानडा, जर्मनी, फ्रान्स र स्विडेन समावेश छ जसले यो प्रतियोगितालाई एक एक पटक आयोजना गरेका छन्।