पोरबन्दर जिल्ला
From Wikipedia, the free encyclopedia
पोरबन्दर जिल्ला भारतीय गुजरातको एउटा जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २,३१६ वर्ग किलोमिटर रहेको छ। सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५,८५,४४९ रहेको छ जसमध्ये ४८.७७% सहरी थिए। यो जिल्ला जूनागढ जिल्लाबाट छुट्याइएको थियो। यो काठियावाड प्रायद्वीपमा अवस्थित छ। पोरबन्दर सहर यस जिल्लाको प्रशासनिक मुख्यालय हो। यस जिल्लालाई उत्तरमा जामनगर जिल्ला र देवबूमी द्वारका, पूर्वमा जुनागढ जिल्ला र राजकोट जिल्ला तथा पश्चिम र दक्षिणमा अरब सागरले घेरेको छ।[1]
पोरबन्दर जिल्ला | |
---|---|
निर्देशाङ्क: २१°३७′४८″उ॰ ६९°३६′०″पू॰ | |
देश | भारत |
राज्य | गुजरात |
क्षेत्र | सौराष्ट्र |
मुख्यालय | पोरबन्दर |
क्षेत्रफल | |
• जम्मा | २३१६ किमी२ (८९४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ५८५४४९ |
• घनत्व | २५०/किमी२ (६५०/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक | गुजराती, हिन्दी, सिन्धी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
वेबसाइट | porbandar |
पोरबन्दर महात्मा गान्धीको जन्मस्थान हो। महाभारतमा कृष्णका बाल्यकालका मित्र सुदामाको जन्मथलोका रुपमा पनि पोरबन्दरको उल्लेख गरिएको छ। श्रीमद्भागवतको स्कंद पुराणको सुदामा चरित्रमा पौराणिक सन्दर्भअनुसार वर्तमान पोरबन्दर शहरको नाम देवी पोरवको नाममा राखिएको थियो र यो अस्मावती नदीको किनारमा अवस्थित थियो।[2]