![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8c/Nepal_Karnali_adm_location_map.svg/langne-640px-Nepal_Karnali_adm_location_map.svg.png&w=640&q=50)
पिपलकोट, दैलेख
From Wikipedia, the free encyclopedia
पिपलकोट, दैलेख नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२१३ रहेको थियो जसमध्ये १५८४ पुरुष र १६२९ महिला रहेका थिए भने यहाँ ५४४ घरधुरी रहेको थियो।[1]
पिपलकोट, दैलेख | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८.७३°N ८१.७६°E / 28.73; 81.76 | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | दैलेख जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,२१३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
विक्रम संवत २००७ अघाडी यो गाविसमा चारवटा मौजा थिए अथवा यो गाविसलाई चार भागमा विभाजन गरिएको थियो भने विक्रम सम्वत् २०१८ सालको आधुनिक नेपालको ढाँचा बने पछि सिंहासैन गाविसमा गाभिएको थियो । पछि गएर विक्रम सम्वत २०३८ सालमा पिपलकोटका केही बुद्धीजिवी व्याक्तीहरूको अथाह प्रयासपछी यो गाविस सिंहासैन गा.वि.स.बाट अलग भएको थियो । कर्णाली नदीको काखमा अवस्थित यो गा.वि.स.को अक्षांश र देशांतर २९.९ उत्तर देखी ८१.५४ पूर्व सम्म रहेको छ । [2]समुद्र सतह देखी यो गा.वि.स १५९१ मिटर (५२१९ फुट) उचाइँमा रहेको छ ।