पारसी
From Wikipedia, the free encyclopedia
पारसीहरू भारतीय उपमहाद्वीपको पारसी धर्म मान्ने जातीय धार्मिक समूह हो। तिनीहरू फारसीहरूबाट आएका हुन् जसले मुस्लिमहरूको सतावटबाट बच्न र आफ्नो पारसी धर्मको पहिचान जोगाउनको लागि इरानको अरबी विजयको समयमा र पछि मध्यकालीन भारतमा बसाइँ सरेका थिए।[5][6]
छरितो तथ्यहरू उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू, भारत ...
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
भारत | ६९,००० (सन् २०१४)[1][2] |
पाकिस्तान | १,०९२ (सन् २०१६)[3][4] |
भाषाहरू | |
अंग्रेजी, गुजराती | |
धर्महरू | |
पारसी धर्म | |
सम्बन्धित जातीय समूह | |
इरानी |
बन्द गर्नुहोस्
फारसीहरूले ८ औं र १० औं शताब्दीको बीचमा ग्रेटर इरानबाट भारतीय उपमहाद्वीपमा बसाइँ सर्ने क्रम जारी राखे, र अन्ततः स्थानीय हिन्दु राजाले शरण दिएपछि हालको गुजरातमा बसोबास गरेका थिए।[7]