नेग्रोयाली नस्ल
From Wikipedia, the free encyclopedia
नेग्रोयाली नस्ल, नेग्रोइड नस्ल वा कङ्गोइड नस्ल एक मानव नस्लिय वर्गिकरणमा पर्ने प्रमुख नस्ल हो।[1] अफ्रिका महादेश र दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाका एकान्त क्षेत्रहरूमा पाइने मानव नस्लको समूहलाई जनाउने नस्ल हो ।[2][3] सुरूवातमा ककेसियन र मङ्गोलियालीसँगै परिचित रहेको नेग्रोइड नस्ल संसारको तीन प्रमुख नस्ल मध्ये एक थियो ।[4] विभिन्न समाजशास्त्रीहरूले यसको उत्पत्ति वैज्ञानिक अध्ययनबाट नभइ सामाजिक तथा राजनीतिक उद्देश्यबाट भएको बताउँछन् ।[5] यस मानव नस्ल जीवशास्त्रीय वर्गिकरणको रूपमा फोरेन्सिक मानवशास्त्रमा पाइन्छ ।[6]