निक्की बेन्ज (जन्म ११ डिसेम्बर १९८१[1]) युक्रेनी मूलकी क्यानडेली अश्लील चलचित्र अभिनेत्री हुन्। निकीलाई सन् २०१० मा पेन्टहाउस पेट र सन् २०११ मा पेट अफ द इअरको रूपमा छानिएको थियो।[3]

छरितो तथ्यहरू निक्की बेन्जNikki Benz, जन्म ...
निक्की बेन्ज
Nikki Benz
Thumb
सन् २०१२ मा निक्की
जन्म (1981-12-11) ११ डिसेम्बर १९८१ (उमेर ४२)[1]
मारिउपोल, युक्रेन, सोभियत सङ्घ[1]
राष्ट्रियताक्यानडेली
अन्य नामनिक्की[1]
गृहनगरटोरन्टो, क्यानडा
उचाइ फिट ४ इन्च (१.६३ मी)[2]
हस्ताक्षर
Thumb
वेबसाइटnikkibenz.com
बन्द गर्नुहोस्

प्रारम्भिक जीवन

निकी बेन्जको जन्म मारियुपोल, युक्रेन, सोभियत सङ्घमा भएको थियो।[1] निकीको बुबा क्यानडेली थिए। ७ बर्षको उमेरमा, उनी आफ्नो बाबुआमासँग क्यानडा बसाइँ सरेकी थिइन्। निकीको पालनपोषण टोरन्टोमा भएको थियो।

करियर

बेन्जले अश्लील चलचित्र उद्योगमा आफ्नो करियर सुरु गर्नुभन्दा पहिले एक विकिनी मोडल र स्ट्रिपरको रूपमा काम गरेकी थिइन्। उनले अश्लील चलचित्र उद्योगमा प्रवेश गर्नको लागि अश्लील चलचित्र निर्देशक जिम गुनलाई इमेल गरेकी थिइन् जसले उनलाई प्लेजर प्रोडक्सन्सको अध्यक्ष फ्र्याङ्क के समक्ष प्रस्तुत गरेका थिए। उनले सन् २००३ जनवरीमा प्लेजर प्रोडक्सन्ससँग हस्ताक्षर गरेकी थिइन्। उनले सो प्रोडक्सन गृहको लागतमा निर्माण गरिएको अश्लील चलचित्र 'स्ट्र्याप अन स्याली २०' मा आफ्नो पहिलो अन-स्क्रिन सेक्स दृश्य गिना लिनसँग प्रदर्शन गरेकी थिइन्, र 'द स्विटेस्ट थिङ'मा बेन इङ्लिससँग पहिलो पुरुष महिला यौन दृश्य गरेकी थिइन्। उनले आफ्नो अनुबन्ध पूरा गरेपछि, लस एन्जल्स गएकी थिइन् र सन् २००४ सेप्टेम्बरमा जिल केली प्रोडक्सन्ससँग हस्ताक्षर गरेकी थिइन्। बेन्जले सन् २००५ सेप्टेम्बरमा टेराभिजनसँग अनुबन्ध हस्ताक्षर गरेकी थिइन्।

उपस्थिति

लिजा एनसन माइकल्ससँग, बेन्जले सन् २०१० अप्रिलमा एक्सआरसिओ पुरस्कार समारोहको सह-प्रस्तोताको जिम्मेवारी सम्हालेकी थिइन्। बेन्जले फक्सस्पोर्ट्स.कमको कार्यक्रम क्बेयुडमा खेल-प्रेमी र सफाई महिलाको भूमिका पनि निभाएकी थिइन्।[4] [5]

सन् २०१२ मा बेन्जले एक भिडियो गेम, 'सेन्ट्स रो: द थर्ड - पेन्टहाउस प्याक'मा एक भूमिका निभाएकी थिइन् जसलाई भोलिसनद्वारा जारी गरिएको थियो।[6]

उनी एक म्युजिक भिडियो, 'लुज योरसेल्फ'मा पनि काम गरेकी थिइन्। सन् २०१३ मा उनी चलचित्र 'पेन एन्ड गेन'मा छोटो भूमिकामा देखिएकी थिइन्। उनी नाटकीय चलचित्र 'माई ट्रिप ब्याक टु द डार्क साइडमा' देखिएकी थिइन्, जसलाई चलचित्र निर्माता सेन स्ट्यानलीले निर्देशित गरेका थिए।

पुरस्कारहरू

थप जानकारी वर्ष, समारोह ...
वर्ष समारोह पुरस्कार चलचित्र नतिजा
२००६ एभिएन पुरस्कार (मनोनयन) उत्कृष्ट जोडीको यौन दृश्य, भिडियो टेक नो प्रिजनर विजयी
२००६ एभिएन पुरस्कार (मनोनयन) उत्कृष्ट सह-कलाकार, भिडियो ज्याक्स टिन अमेरिका २ विजयी
२००६ एभिएन पुरस्कार (मनोनयन) बेस्ट टिज पर्फर्मेन्स टेक नो प्रिजनर विजयी
२००८ एभिएन पुरस्कार (मनोनयन) बेस्ट थ्री वे सेक्स सिन मिट द फकर ६ विजयी[7]
२००८ फेम अवार्ड (मनोनयन) हटेस्ट बडी अल कार्टोग्राफी विजयी
२०१० एक्सबिज (मनोनयन) अल क्याटेगोरी वर्षको अश्लील चलचित्र अभिनेत्रीको वेबसाइट विजयी
२०१० एक्सबिज अवार्ड (मनोनयन) अल क्याटेगोरी वर्षको महिला प्रस्तुति विजयी
२०१० एक्सबिज अवार्ड (मनोनयन) अल क्याटेगोरी क्रसओभर स्टार अफ द इअर विजयी
२०१० एभिएन पुरस्कार (मनोनयन) बेस्ट अल-गर्ल थ्री-वे सेक्स सिन बेस्ट अल-गर्ल थ्री-वे सेक्स सिन – पेन्टहाउस: स्लेभ फर अ नाइट विजयी[8]
२०१० फेम अवार्ड (मनोनयन) हटेस्ट बडी, फेभरेट फेमेल स्टारलेट, फेभरेट ब्रेस्ट्स विजयी[9]
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.