![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Bhuti_ka_baais_dewal.jpg/640px-Bhuti_ka_baais_dewal.jpg&w=640&q=50)
नारायण नगरपालिका
नारायण नगरपालिका / From Wikipedia, the free encyclopedia
नारायण नेपालको कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लाको एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०५३ चैत्र १४ गते दैलेख जिल्लाको सदरमुकाम आसपासका पाँच वटा तत्कालिन गाउँ विकास समितिहरू नारायण, बेलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला गाभेर गठन गरिएको हो। नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते पुनः यस नगरपालिकामा साविकका खरिगैरा गाविसका दुईवटा वडा, बिन्ध्यवासिनी र भवानि गाउँ विकास समितिलाई जोडेर नगर पालिकालाई जम्मा ११ वटा वडाहरूमा विभाजन गरिएको हो। यस नगरपालिकाको कुल क्षेत्रफल ११०.६३ वर्ग किलोमिटर (४२.७१ वर्ग माइल) रहेको छ भने नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८ अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २७,०३७ रहेको छ।[3] यो नगरपालिका सुर्खेत-जुम्ला कर्णाली राजमार्ग नजिकै पर्दछ। एतिहासिक नगर दुल्लु यो नगरपालिकाबाट केही किलोमिटरको दुरीमा छ। प्राचीनकालमा बेलास राज्यको राजधानी र दैलेख जिल्लाको सदरमुकाम रहेको दैलेख[4][5] बजार समेत यसै नगरपालिकाभित्र पर्दछ। यो नगरपालिका दैलेख जिल्लाको एक ऐतिहासिक तथा पर्यटकीय नगर हो।[6][7]
नारायण | |
---|---|
![]() नगरपालिका क्षेत्रभित्र रहेका भूर्ती देवलहरू | |
निर्देशाङ्क: २८°५०′४३″उ॰ ८१°४२′५०″पू॰ | |
देश | ![]() |
प्रदेश | कर्णाली |
जिल्ला | दैलेख |
वडा सङ्ख्या | ११ |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४[1] |
समावेश (गाविस) | नारायण, बेलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
समावेश (गाविस) | खरिगैरा (८-९), बिन्ध्यवासिनी र भवानि |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• प्रकार | नगरपालिका |
• मेयर | लोमन शर्मा[2] ([नेपाल कम्युनिस्ट पार्टी (एमाले ]]) |
• उपमेयर | तप्ता कुमारी थापा नेपाल कम्युनिस्ट पार्टी (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ११०.६३ किमी२ (४२.७१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २७०३७ |
• घनत्व | २४०/किमी२ (६३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
कार्यालय | दैलेख बजार |
वेबसाइट | narayanmun |