नउगाँ जिल्ला
From Wikipedia, the free encyclopedia
नउगाँ (बङ्गाली: নওগাঁ জেলা) बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। [2] यो जिल्ला २४°३२' देखि २५°२३' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पूर्व देशान्तरमा अवस्थित छ। नउगाँ जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफलमध्य ३४३५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा राजशाही र नाटोर जिल्ला रहेका छन्। त्यसै गरी यस जिल्लाको पूर्वमा जयपुरहाट, बगुडा र नाटोर जिल्ला रहेका छन् भने पश्चिममा चाँपाइ नबाबगञ्ज जिल्ला रहेको छ। यस जिल्लाभित्र आत्राई, पुनर्भाह, जमुनाजस्ता नदीहरू रहेका छन्।[3][4][5]
नउगाँ जिल्ला
নওগাঁ জেলা | |
---|---|
निर्देशाङ्क: २४.९०°N ८८.७५°E / 24.90; 88.75 | |
देश | बङ्गलादेश |
विभाग | राजशाही |
सरकार | |
• संसद | नउगाँ-१, नउगाँ-२, नउगाँ-३, नउगाँ-४, नउगाँ-५, नउगाँ-६ |
क्षेत्रफल | |
• जम्मा | ३,४३५.६५ किमी२ (१३२६.५१ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११[1]) | |
• जम्मा | २,६००,१५७ |
• घनत्व | ७६०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ६५०० |
वेबसाइट | www |
এর উত্তরে ভারতের দক্ষিণ দিনাজপুর, দক্ষিণে বাংলাদেশের নাটোর ও রাজশাহী জেলা, পূর্বে জয়পুরহাট ও বগুড়া জেলা এবং পশ্চিমে ভারতের মালদহ ও বাংলাদেশের চাঁপাইনবাবগঞ্জ জেলা।