![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/49/Undertaker_Milwaukee_WI_031008.jpg/640px-Undertaker_Milwaukee_WI_031008.jpg&w=640&q=50)
द अन्डरटेकर
From Wikipedia, the free encyclopedia
मार्क विलियम कालावे (जन्म:२४ मार्च १९६५), द अन्डरटेकरको नामले परिचित, एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित डब्ल्युडब्ल्युई नामक एक कुस्ती पदोन्नतिमन प्रदर्शन गर्छन्। उनी हाल डब्ल्युडब्ल्युई तथा पुरै कुस्ती क्षेत्रमा सबैभन्दा परिचित तथा सम्मानिय कुस्ती खेलाडीको रूपमा परिचित छन्। कालावेले सन् १९८७ मा व्यावसायिक कुस्ती कार्यकालको सुरुवात गरेका थिए भने उनले त्यसपछि विश्व क्लास च्याम्पियनसिप रेस्लिङ तथा अन्य साना कुस्ती पदोन्नतिहरूमा कुस्ती खेलेका थिए। उनले सन् १९८९ मा विश्व च्याम्पियनसिप रेस्लिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए र त्यसपछि उनको रिङ नाम मिन मार्क कालालस राखिएको थियो। कालावेले सन् १९९० मा तात्कालिक डब्ल्यूडब्ल्यूएफसँगको (हालको डब्ल्युडब्ल्युई) आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। उनी हाल डब्ल्युडब्ल्युईका सबैभन्दा लामो समयसम्मका खेलाडी हुन् भने उनले आफ्नो कार्यकालको लगभग ३० वर्ष डब्ल्युडब्ल्युईमा बिताइसकेका छन्।
द अन्डरटेकर | |
---|---|
![]() | |
वास्तविक नाम | मार्क विलियम कालावे |
जन्म | (1965-03-24) २४ मार्च १९६५ (उमेर ५९) हुस्टन, टेक्सस, संयुक्त राज्य |
निवासस्थान | अस्टिन, टेक्सस |
जीवनसाथी(हरू) | जोडी लेन
( वि १९८९; सवि १९९९)सारा
( वि २०००; सवि २००७)मिसेल मेक्कुल
( वि २०१०) |
बच्चा | ४ |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | |
उचाई | ६ फिट १० इन्च[4] |
तौल | ३०९ पाउन्ड[4] |
उत्पत्ति | मृत उपत्यका[4] हुस्टन, टेक्सस |
प्रशिक्षक | बज सेयर |
पदार्पण | २६ जुन १९८७[3] |
डब्ल्यूडब्ल्यूएफसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेर उक्त पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेपछि उनको रिङ नाम द अन्डरटेकरमा परिवर्तन गरिएको थियो जसले व्यापक लोकप्रियताका साथ ख्यात कमाउन सफल भएको थियो भने उनको कुस्ती व्यवहार र रिङ प्रवेश गर्ने शैली एक अलौकिकतालाई प्रतिनिधित्व गर्न सफल भएको थियो जसकारण उनलाई द डेडम्यानको सङ्ज्ञा दिइएको थियो। उनले पछि सन् २००० को दशको सुरुवात तर्फ आफ्नो कुस्ती शैली तथा रिङ प्रवेश गर्ने शैलीलाई परिवर्तन गर्दै कुस्ती खेल्न आउने क्रममा मोटरसाइकल लिएर आउने गरेका थिए।[5] द अन्डरटेकरले डब्ल्युडब्ल्युईद्वारा आयोजना गर्ने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनियाको विभिन्न शृङ्खलाहरूमा लगातार २१ जित हासिल गर्दै एक कीर्तिमानी राख्न सफल भएका थिए।
अन्डरटेकरले डब्ल्युडब्ल्युई/एफमा गरी कुल १७ उपाधिहरू जितेका छन् जसमा उनी चारपटक डब्ल्यूडब्ल्यूएफ/ई विजेता, तीनपटक डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट विजेता, ६ पटक डब्ल्यूडब्ल्यूएफ ट्याग टिम विजेता, एकपटक डब्ल्युडब्ल्युई हार्डकोर विजेता र एकपटक डब्ल्यूसिडब्ल्यू ट्याग टिम विजेता बन्न सफल भएका छन्। डब्ल्युडब्ल्युई बाहिर उनले एकपटक युएसडब्ल्यूए संयुक्त विश्व ह्याभिवेट उपाधि र डब्ल्यूसिडब्ल्यूए टेक्सास ह्याभिवेट उपाधि जितेका छन्। डब्ल्युडब्ल्युईद्वारा आयजना गरिने विभिन्न वार्षिक कार्यक्रम तथा रेसलमेनियामा द अन्डरटेकरले भाग लिँदै उक्त कार्यक्रमको अन्तिम खेलमा कुस्ती खेलेका छन् जसमा पाँच रेसलमेनिया समावेश छ। [lower-alpha 1]