दोस्रो कोशी प्रदेश सभा
From Wikipedia, the free encyclopedia
दोस्रो कोशी प्रदेश सभा २०७९ मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट निर्वाचित भएको थियो।[1] यस सभामा ५६ निर्वाचन क्षेत्रहरू छन् जसमा सदस्यहरू प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन्छन् र ३६ समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित हुन्छन्।[2][3] अगाडि नै विघटन नभएसम्म सभाको पदावधि ५ वर्षको हुन्छ। सभाको पहिलो अधिवेशन २०७९ पुस १७ देखि सुरु भएको थियो।[4][5]
छरितो तथ्यहरू दोस्रो कोशी प्रदेश सभा, विस्तृत विवरण ...
दोस्रो कोशी प्रदेश सभा | |||
---|---|---|---|
| |||
विस्तृत विवरण | |||
वैधानिक निकाय | कोशी प्रदेश सभा | ||
क्षेत्राधिकार | कोशी प्रदेश, नेपाल | ||
सभाकक्ष | जिल्ला विकास समितिको कार्यालय, विराटनगर, मोरङ जिल्ला | ||
अवधि | १ जनवरी २०२३ (2023-01-01) – 2027 | ||
निर्वाचन | प्रदेश सभा निर्वाचन, २०७९ | ||
सरकार | कार्की मन्त्रिपरिषद्, २०७९ थापा मन्त्रिपरिषद्, २०७९ कार्की मन्त्रिपरिषद्, २०७९ | ||
वेबसाइट | assembly | ||
प्रदेश सभा | |||
सदस्य | ९३ | ||
सभामुख | बाबुराम गौतम (नेकपा (माओवादी केन्द्र)) | ||
उपसभामुख | सिर्जना दनुवार (नेकपा (एमाले)) | ||
सभाको अध्यक्ष (मुख्यमन्त्री) | केदार कार्की (नेपाली काङ्ग्रेस) | ||
प्रतिपक्ष दलको नेता | हिक्मतकुमार कार्की (नेकपा (एमाले)) | ||
नियन्त्रक दल | सरकार (४७)
बाह्य समर्थन (१४)
प्रतिपक्ष (४६)
|
बन्द गर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम २०७९ पुस २८ गते प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए।[6]