![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ad/Glass_of_milk_on_tablecloth.jpg/640px-Glass_of_milk_on_tablecloth.jpg&w=640&q=50)
दुध
एक अपारदर्शी सेतो द्रव / From Wikipedia, the free encyclopedia
दूध एक पोषक तत्वयुक्त सेतो तरल पदार्थ हो जुन पोथी स्तनपायी प्राणीहरूको स्तन ग्रंथिहरूले उत्पादन गर्दछ । यो अन्य प्रकारका खाना पचाउन सक्नु अघि शिशु स्तनपायी जन्तुहरू (स्तनपान गराएका मानिस सहित) को लागि पोषणको प्राथमिक स्रोत हो । नवजात शिशुहरू प्राय जसो दूधमा निर्भर हुने गर्छन् । सुरुको दुधमा कोलोस्ट्रम हुन्छ, जसले आमाको एन्टिबडीहरू आफ्ना शिशुलाई दिन्छ जसले धेरै रोगहरूको जोखिम कम गर्न सक्छ। यसमा प्रोटीन र ल्याक्टोज सहित अन्य धेरै पोषक तत्वहरु समावेश हुन्छ।[1] दुधको अन्तरप्रजातिय उपभोग असाधारण होइन, विशेष गरी मानवहरूमा, जस मध्ये धेरै मान्छे ले अन्य स्तनपायी जस्तै मान्छे, गाई, भैंसी, बाख्रा हरूको दुध खान्छन्।[2][3]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ad/Glass_of_milk_on_tablecloth.jpg/640px-Glass_of_milk_on_tablecloth.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b1/Glas_melk.jpg/200px-Glas_melk.jpg)
साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । गाई-भैंसी वाहेक बजारमा मान्छेको, बाख्राको आदि प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ । यस वाहेक दूधमा धेरै इन्जाइम र केही जीवित रक्त कोषिकाहरू पनि हुन सक्छन ।[4]
कृषि उत्पादनको रूपमा, दुध गर्भावस्थाको समयमा वा गर्भावस्थाको पश्चात पालिएका जनावरहरूबाट निकालिन्छ। संसारमा दुग्ध फार्मले २०११ मा २६० मिलियन दुग्ध गाईबाट[5] लगभग ७३० मिलियन टन दुध[6] उत्पादन गरेको थियो। विश्वमा भारत दुधको सबैभन्दा ठूलो उत्पादक हो र स्किम्ड दुध पाउडरको अग्रणी निर्यातकर्ता हो, यसले थप अन्य दुध उत्पादनहरू पनि निर्यात गर्दछ।[7][8] दुग्धजन्य उत्पादनहरूको आन्तरिक मागमा निरन्तर वृद्धि र माग-आपूर्ति अन्तर ठूलो हुदै गइरहेको अवस्थामा भारत भविष्यमा दुग्धजन्य उत्पादनहरूको खुद आयातकर्ता हुन सक्छ। [9] न्यूजल्याण्ड, जर्मनी र नेदरल्याण्ड्स दुग्ध उत्पादनको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्।[10] २०१६ सम्म दुध र दुग्ध सामाग्रीहरूको लागि विश्वको सबैभन्दा ठूलो आयातकर्ता चीन र रसिया थिए तर २०१६ पछि दुबै देश आत्मनिर्भर भए र विश्व-दुधमा पचुर्ताको योगदान गरे।[11]
विश्व भर मा, छ अरब भन्दा बढी मानिसहरु दुध र दुध उत्पादनहरु उपभोग गर्छन्। डेरी फार्मिंग गर्ने परिवारहरूमा ७५० मिलियन भन्दा बढी मानिसहरू बस्छन् । [12]