दार्जिलिङ जिल्ला
From Wikipedia, the free encyclopedia
दार्जिलिङ जिल्ला (बङ्गाली: দার্জিলিং জেলা) पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। यो जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्ये एउटा जिल्ला हो। यो जिल्ला आफ्नो पहाडी रमणिय स्थलको लागि प्रसिद्ध छ, दार्जिलिङ, कयौँ पटक यस जिल्लालाई हिमालयको रानी भनेर र दार्जिलिङको चिया र यसको बासनालाई पुन:निर्देशित गरिन्छ। कालिम्पोङ, खरसाङ र सिलिगुडी, तीन अन्य प्रमुख सहरहरू, यस जिल्लाको उप विभागीय सदरमुकाम हुन।
दार्जिलिङ जिल्ला | |
---|---|
माथि-बायाँबाट घडीको दिशा: दार्जिलिङमा चिया बारी, दार्जिलिङ हिमालयन रेलवे, घुम मठ, टाइगर हिलबाट कञ्चनजङ्घाको दृश्य, सिलिगुडीको दृश्य | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
विभाजन | जलपाईगुडी |
सदरमुकाम | दार्जिलिङ |
क्षेत्रफल | |
• कुल | २,०९२.५ किमी२ (८०७.९ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• कुल | १,५९५,१८१ |
• घनत्व | ७६०/किमी२ (२०००/वर्ग माइल) |
• सहरी | ७२७,९६३ |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | http://darjeeling.gov.in/ |
भौगोलिक रूपमा यो जिल्ला दुई भागमा विभाजित गर्न सकिन्छ, पहाड र समतल भू-भागमा। जिल्लाको पुरै पहाडी क्षेत्र दार्जिलिङ गोर्खा पार्वत्य परिषद अन्तर्गत पर्दछ, एउटा स्वायत्त प्रशासनिक क्षेत्र जुन पश्चिम बङ्गाल राज्य सरकारको आधिनमा छ। यो परिषदको अधिकार जिल्लाको तीन पहाडी उपविभाग दार्जिलिङ, खरसाङ र कालिम्पोङ माथि छ। दार्जिलिङ हिमालयको दक्षिणको समथर क्षेत्र, जुन सिलिगुडी उपविभाग अन्तर्गत आउँछ, तराई भनेर चिनीन्छ। यो तराई उत्तरको पहाडको आधार देखि बिहारको पूर्णिया जिल्ला सम्म फैलेको छ, पूर्वमा जलपाइगुडी जिल्ला देखि लिएर पश्चिममा नेपाल सम्म फैलिएको छ। उत्तर देखि दक्षिण सम्मको यसको दूरी १८ मील (२९ किमी), छ र पूर्व देखि पश्चिम सम्मको यसको दूरी १६ मील (२६ किमी) छ।