![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/f/fc/Three_Star_Club.png/640px-Three_Star_Club.png&w=640&q=50)
थ्री स्टार क्लब
नेपाली फुटबल टिम / From Wikipedia, the free encyclopedia
थ्री स्टार क्लबएक नेपाली फुटबल क्लब हो । यो क्लब नेपालको एक प्रतिस्थित र सफल फुटबल क्लब पनि हो । जुन नेपलको ए डिभिजन लिग र अन्य साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू समेत खेल्ने गर्दछ । यस फुटबल क्लबले २०१६ सिजनमा एएफसी कप को प्लेअफ छनोट सम्मको स्थान हात पारेको थियो भने बोर्दोलोई कप पनि पहिलोपटक नेपाल भित्र्याउन सफल भएको थियो ।
![]() | ||
पुरा नाम | थ्री स्टार क्लब | |
---|---|---|
उपनाम(हरू) | पाटन | |
स्थापना | १९५४; ७० वर्ष अघि (१९५४) | |
मैदान | दशरथ रंगशाला | |
मैदान क्षमता | १८,००० | |
अध्यक्ष | अरूणमान जोशी | |
म्यानेजर | कृष्ण अग्रवाल | |
प्रशिक्षक | मेघराज केसी | |
| ||
पहिले २०१४ सम्म यस क्लबको प्रायोजकका रूपमा लक्ष्मी विकास बैङ्क रहेको थियो । तर २०१४ पछि यो क्लबले रूस्लान भोड्कासँग प्रायोजकका रूपमा सम्झौता गरेको थियो । नेपाली फुटबल जगतमा थ्री स्टारको सबैभन्दा ठूलो प्रतिस्पर्धिका रूपमा अर्को नेपाली सफल फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लब लिने गरिन्छ । साथै विभागिय तीन टोलि नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब तथा एपिएफ क्लबहरूलाई पनि ठुला प्रतिस्पर्धिका रूपमा लिने गरिन्छ ।