तुलसीलाल अमात्य नेपालका प्रसिद्ध कम्युनिष्ठ नेता हुन्। उनको जन्म सन् १९१६ मे महिनामा ललितपुरको क्वाँबहाल टोलमा भएको हो।

छरितो तथ्यहरू तुलसीलाल अमात्य, नेपाल कम्युनिस्ट पार्टी को महासचिव ...
तुलसीलाल अमात्य
Tulsi Lal Amatya
Thumb
सन् १९८१ मा तुलसीलाल अमात्य
नेपाल कम्युनिस्ट पार्टी को महासचिव
कार्यकाल
1962–1962
पूर्वाधिकारीकेशरजङ्ग रायमाझी
उतराधिकारीपद खारेज गरियो
व्यक्तिगत विवरण
जन्म१९७१ जेठ १४
ललितपुर
मृत्यु२०५४ साउन १७
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टी (अमात्य)
बन्द गर्नुहोस्

उहाँ सन् १९३३ देखि राजनीतिमा सक्रिय रहे। भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलो पटक ६ महिना जेल परे।

२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता निर्वाचित भए।

सन् १९४५ मा नेपाल मजदूर किसान सङ्गठनको निर्माण गरी संस्थापक अध्यक्ष, सन् १९६१ मा बनारसमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि 'नेकपा (अमात्य)'को गठन एवम् नेतृत्व सम्हाले। सन् १९७९ मा आम माफीपछि देश फर्के।

२०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको मानार्थ अध्यक्ष, नेकपा (एमाले)को पाँचौँ अधिवेशनपछि उनी सो दलमा समाहित भए।

सन् १९३८ मा त्रिचन्द्र कलेजबाट स्नातक, सन् १९४३ मा भारतको लखनउबाट अर्थशास्त्रको स्नातकोत्तर गरेका अमात्य राजनीतिक जीवनक्रममा सन् १९४८ मा नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य रहेका थिए। सन् १९६० मा पञ्चायती शासनकालमा उनको सर्वस्वहरण गरियो।

सन् १९५० मा दिल्ली सम्झौताको विरोध गरे बावत उनी मोतिहारी जेलमा आठ महिना बन्दी भए।

'कुन बाटो', 'राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम', 'समाजवादी दलको सङ्गठनात्मक समीक्षा' जस्ता पुस्तक लेख्ने

राजदुत

अमात्य नेकपा (एमाले) को पहिलोपटक सरकार बनेका बखत चीनका लागि नेपाली राजदूत थिए।

मृत्यु

उनको निधन २०५४ साल साउन १७ गते भएको थियो।

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.