![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/Tele2_logo.svg/langne-640px-Tele2_logo.svg.png&w=640&q=50)
टेलि २ रूस
रूसी दूरसञ्चार कम्पनी / From Wikipedia, the free encyclopedia
टेलि २ रूस (रूसी: Tele2 Россия) एक रूसी दूरसञ्चार कम्पनी हो । यो सन् २००१ मा स्वीडिस समूह टेलि २ द्वारा स्थापित गरिएको थियोे । यसले ४० लाख भन्दा अधिक प्रयोगकर्ताहरूका लागि मोबाइल टेलिफोन र अन्य सेवाहरू प्रदान गर्दछ । कम्पनीको मुख्यालय रूसको राजधानी मस्कोमा रहेको छ भने यसका प्रमुख कार्यकारी अधिकृत सर्जी एड्मिन हुन् । कम्पनी सन् २००१ मा सिमित दायित्व कम्पनीको रूपमा स्थापित भएको थियोे र भिटिबि र रोस दूरसञ्चारको सहायक कम्पनीको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । हालैको एक तथ्याङ्क अनुसार कम्पनीमा ८,००० जना कामदारहरू रहेका छन् । यसले देशको सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएको छ । वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२४ मिति
छरितो तथ्यहरू व्यवसाय प्रकार, उद्योग ...
![]() | |
व्यवसाय प्रकार | सिमित दायित्व कम्पनी[1] |
---|---|
उद्योग | मोबाईल दूरसञ्चार |
स्थापित | २००१ |
स्थापनाकर्ता | टेलि २ एबि |
केन्द्रीय कार्यालय | मस्को, रूस |
मुख्य व्यक्ति | सर्जी एड्मिन (कार्यकारी अधिकृत) युरिटि सेलोभएभ (निर्देशन बिभागका अध्यक्ष) |
उत्पादनहरू | मोबाइल सञ्जाल |
आम्दानी | ![]() |
![]() | |
मालिक | भिटिबि, रोस दूरसञ्चार |
कर्मचारी सङ्ख्या | ८०००+[3] |
वेबसाइट | ru.tele2.ru |
बन्द गर्नुहोस्