झाँझर चिउवा (वैज्ञानिक नाम: Rynchops albicollis)[2][3][4] नेपाल लगायत दक्षिणी एसियामा पाइने चिउवाको एक प्रजाति हो। यिनीहरूको मुख्य आहारा माछा हुन् तर यिनीहरूले पनि साना क्रस्टेशियनहरू र कीराका लार्भाहरू पनि खाने गर्छन्। यसलाई अङ्ग्रेजीमा इन्डियन स्किमर (Indian Skimmer) भनिन्छ।

छरितो तथ्यहरू झाँझर चिउवा Rynchops albicollis, संरक्षण स्थिति ...
झाँझर चिउवा
Rynchops albicollis
Thumb
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Charadriiformes
कुल:
Rynchopidae
वंश:
Rynchops
प्रजाति:
R. albicollis
वैज्ञानिक नाम
Rynchops albicollis
Swainson, 1838
पर्याय

Rhynchops albicollis

बन्द गर्नुहोस्
Thumb
अण्डा

विबरण

झाँझर चिउवाको माथीको भाग कालो हुन्छ भने निधार, कण्ठ र तल्लो भाग सेतो हुन्छ। पहेँलो चुच्चो भएको लामो मोटो सुन्तले रङ्को यसको ठुँड हुन्छ र तलको चुच्चो केही लामो हुन्छ। अल्पवयस्क, माथी खैरो भएको सुस्त रङ्को हुन्छ। यो चरा फ्यालफ्याले जस्तै लामो पंखेटा भएको हुन्छ। यसको लम्बाई लगभग ४० देखि ४३ सेन्टिमिटर तथा पंखेटा फिजाउँदा १०३ सेन्टिमिटर हुन्छ।

वितरण तथा वासस्थान

झाँझर चिउवा नेपाल लगायत एसियाली राष्ट्रहरू बङ्गलादेश, भारत, म्यानमार, पाकिस्तानभियतनाममा पाइने गर्छ। यो चरा ओमान, मध्य थाइल्याण्ड, इरान तथा चिनमा पनि पाइएको अभिलेख छ। यो चरा मुख्यगरी ठूला, बलौटे खोला , तलाउ वरिपरि र धापिलो क्षेत्र छेउमा पाइन्छ। नेपालको सन्दर्भमा यो चरा एक अनियमित तथा गृष्मकालिन आगन्तुक चरा हो।

खतरा तथा संरक्षण अवस्था

विश्वमा झाँझर चिउवाको संख्या लगभग ६,०००-१०,००० रहेको अनुमान गरिएको छ। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा सङ्कटापन्न अवस्थामा सूचिकृत गरेको छ।[1] वासस्थानको विनास, प्रदूषण तथा अन्य मानविय गतिविधिका कारण यसको प्रजाति खतरामा परेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.