जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने सङ्घीय र प्रदेशिक सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वयन गर्नको लागि एक जिल्ला समन्वयन समिति हुन्छ ।[1] सम्बन्धित जिल्ला भित्रका गाउँँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू सदस्य रहेको जिल्ला सभा बन्छ । जिल्ला सभाले जिल्ला भित्रका गाउँँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ ।[2]
जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तिमा ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक सहित बढीमा ९ जना सदस्य निर्वािचत गरी जिल्ला समन्वय समिति बनाउँछ । जसमा जिल्ला सभाका सदस्यहरू साथै जिल्ला भित्रका गाउँसभा र नगरसभाका सदस्यहरूले समेत उम्मेदवारी दिन पाउने ब्यवस्था गरेको छ । जिल्ला समन्वय समितिले जिल्ला सभाले गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्दछ ।[3][4]
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.