छथर जोरपाटी गाउँपालिका
From Wikipedia, the free encyclopedia
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका ताँखुवा, हात्तिखर्क, तेलिया र परेवादिन गाउँ विकास समितिहरूलाई समेटेर छथर जोरपाटी गाउँपालिका बनाइएको हो ।[2] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,३२२ रहेको छ । यसको क्षेत्रफल १०२.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको ताँखुवाको कार्यालयमा राखिएको छ ।[3]
छरितो तथ्यहरू छथर जोरपाटी Chhathar Jorpati, देश ...
छथर जोरपाटी
Chhathar Jorpati | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | शेराहादुर लिम्बु (एमाले) |
• उपाध्यक्ष | भिमकला श्रेष्ठ (एमाले) |
• कार्यकारी | मणिराम खतिवडा |
क्षेत्रफल | |
• जम्मा | १०२.८३ किमी२ (३९.७० वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १८,३२२ |
• घनत्व | १८०/किमी२ (४६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४४ |
केन्द्र | साविकको ताँखुवाको कार्यालय |
वेबसाइट | chhatharjorpatimun |
बन्द गर्नुहोस्