![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a7/Charlie_Sheen_2012.jpg/640px-Charlie_Sheen_2012.jpg&w=640&q=50)
चार्ली शीन
अमेरिकन कलाकार / From Wikipedia, the free encyclopedia
कार्लोस इरविन एस्टेवेज़ (जन्म सेप्टेम्बर ३, १९६५), जो व्यवसायिक रूपमा चार्ली शीनबाट चिनिन्छन्, एक अमेरिकन कलाकार हुन्। उनले प्लाटून (१९८६), वाल स्ट्रीट (१९८७), यंग गन्स (१९८८), एट मेन आउट (१९८८), मेजर लिग् (१९८९), हट् शट्स! (१९९१) र थ्री मस्किटरस (१९९३) जस्ता सफल हलिवुड चलचित्रहरूमा अभिनय गरेका छन्।
चार्ली शीन | |
---|---|
![]() Sheen at the 2012 FX Ad Sales Upfront | |
जन्म | कार्लोस इरविन एस्टेवेज़ (1965-09-03) ३ सेप्टेम्बर १९६५ (उमेर ५८) न्यु योर्क, अमेरिका |
पेशा | कलाकार |
कार्यकाल | १९७३– |
जीवनसाथी | Donna Peele (1995–96) Denise Richards (2002–06) Brooke Mueller (2008–11)[1] |
सन्तान | 5 |
मातापिता | Martin Sheen (father) Janet Templeton (mother) |
आफन्त | Emilio Estevez (brother) Ramon Estevez (brother) Renée Estevez (sister) |
वेबसाइट | www |
सन् २००० को दशकमा उनी टेलिभिजनको माध्यमबाट प्रख्यात भए। उनी माइकल जे. फक्स को साटो स्पिन सिटी मा अनुबन्धित भएपछि गोल्डेन ग्लोब अवार्ड को हकदार समेत हुनपुगे। त्यसपछि उनी टु एन्ड अ हाफ म्यान मा मुख्य भुमिका मा देखापरे जसबाट उनी गोल्डन ग्लोब र एम्मी अवार्ड नोमिनेसनमा पर्न सफल भए। उनीद्वारा अभिनित पछिल्लो टलिभिजन शृङ्खला FX को हास्य शृङ्खला एन्गर म्यानेज्मेन्ट थियो जसको समापन सयौं भागमा सन् २०१४ मा भएको थियो। सन् २०१९ मा चार्ली शीन सबैभन्दा बढी पारिश्रमिक लिने सिट्कम कलाकार समेत हुनपुगे।[2]
शीनको व्यक्तिगत जीवन सँधै विवादास्पत रहेको छ। जसमध्य अत्याधिक रक्सी सेवन, लागुपदार्थ दुर्वयसन र बिग्रदो वैवाहिक संबन्ध सँधै चर्चामा आउने विषय हुन्। नोभेम्बर १७, २०१५ मा उनले सार्वजनिक रूपमा आफू एचआइभी ग्रसित रहेको खुलासा गरेका थिए।