भारतीय अर्बपति र उद्योगपति From Wikipedia, the free encyclopedia
गौतम अदानी (गुजराती: ગૌતમ અદાણી; जन्म २४ जुन १९६२) एक भारतीय व्यवसायी हुन् । उनी अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । अमेरिकी पत्रिका फोर्ब्स अनुसार सन् २०१५ मा गौतमको कूल सम्पति ८ बिलियन अमेरिकी डलर अछि ।[2] उनले सन् १९८८ मा अदानी समूहका स्थापना गरेका थिए । वर्तमान समयमा अदानी समूह कोइला व्यापार, कोइला खनन, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजली उत्पादन र ग्यास वितरणमा फैलिएको कारोबार सम्भाल्ने विश्व स्तरको एकीकृत बलियो ढाँचा हो ।[3] ३३ वर्षको व्यापार अनुभवका साथ साथै, गौतम अदानी प्रथम पुस्ताका उद्यमी हुन् । एउटा साधारण पृष्ठभूमिका व्यक्ति अदानीले अपेक्षाकृत कम समयमा $८ अरबको व्यवसायिक कारोबारी साम्राज्य आदानी समूहको नेतृत्व गरिरहेका छन् ।[4][5][6]
गौतम अदानी Gautam Adani | |
---|---|
ગૌતમ અદાણી | |
जन्म | अहमदाबाद, गुजरात, भारत | २४ जुन १९६२
वासस्थान | अहमदाबाद, गुजरात, भारत |
राष्ट्रियता | भारतीय |
जातीयता | गुजराती |
पेशा | अदानी समूहको चेयरम्यान |
चिनारीको कारण | अदानी समूहको संस्थापक र कार्यकारी प्रमुख |
जम्मा सम्पति | $७ बिलियन (२०१५)[1] |
धर्म | जैन |
जीवनसाथी | प्रिती अदानी |
सन्तान | करण अदानी जीत अदानी |
आफन्त | विनोद अदानी (भाई) |
गौतमको व्यापार यातायात र यातायात सम्बन्धी बलियो ढाँचाको विकासको लागि उनलाई विश्वभरमै १०० सबैभन्दा प्रभावशाली व्यवसायीसहरूमा गनिने गरिन्छ । उनले सन् २००६ मा आधुनिक मुन्द्रा बन्दरगाहको स्थापना गरेका थिए जसलाई सन् २००६ मा लोयड्सले सबैभन्दा उत्कृष्ट बन्दरगाहको सूचीमा अग्र स्थानमा राखेको थियो ।[7][8] आजको वर्तमान समयमा मुन्द्रा बन्दरगाह भारतको सबैभन्दा ठुलो व्यवसायिक बन्दरगाह हो जसमा सन् २०१३-१४ को आर्थिक वर्षमा १०० मिलियन म्याट्रिक टनको समानको कारोबार भएको थियो ।[9]
गौतम अदानीको जन्म गुजराती बनिया परिवारमा सन् १९६२ जुन २४ मा भारतको गुजरात राज्यको अहमदाबाद सहरको रतनपोलमा भएको थियो ।[10] गौतमको बुवाको नाम शान्तिलाल र आमाको नाम शान्ता अदानी हो र उनी ७ भाईबहिनी छन् । उनका आमाबुवा गुजरातको पूर्वी भाग थराद सहरबाट बसाइसराई गरेर यहाँ आएका थिए ।[8] गौतमको विवाह प्रिती अदानी सँग भएको हो जो पेशाले दन्त चिकित्सक र अदानी फाउन्डेसनको प्रबन्धक सञ्चालक छिन् । ई दुवैको दुई छोरा छन् । गौतम आफ्नो प्रारम्भिक शिक्षा अहमदाबादको शेठ चिमनलाल नागीनदास विद्यालयबाट गरेका हुन् । पछि उनले गुजरात विश्वविद्यालयबाट वाणिज्य सङ्कायमा स्नातकको दुई वर्षसम्मको अध्ययन गरेका थिए ।[11]
आफ्नो पिताद्वारा अहमदाबादमा स्थापित टेक्सटाइलको व्यवसायमा हात नहालेर गौतम १८ वर्षकै उमेरमा केही १०० रुपैयाँ लिएर भारतको आर्थिक राजधानी मुम्बई पुगेका थिए । उनले आफ्नो करियरको आरम्भ हिरा विक्रेताको रूपमा गरेका थिए । उनले त्यहाँ २ वर्षसम्म महिन्द्रा ब्रदर्स नामक फर्ममा कार्य गरेका थिए । पछि उनले स्वयं आफ्नो हीरा दलालीको कार्य मुम्बईमा स्थापित गरे । उनको कथन अनुसार उनले त्यस समय एक वर्षमा लगभग १० लाख रुपैया अर्जित गरेका थिए, सन् १९८० मा यो एक ठुलो रकम थियो ।[8]
गौतमको ठुलो दाई महासुख अदानी, आफूद्वारा खरिद गरिएको नयाँ प्लास्टिक कारखानालाई चलाउनका लागि गौतमलाई मुम्बईबाट अहमदाबाद बोलाए । छिट्टै गौतम अदानी पोलीभिनाइल क्लोराइड, प्लास्टिक निर्माणको लागि प्रमुख सामग्रीक आयात गरेर कमोडिटी व्यवसाय आरम्भ गरे ।[7][8]
अदानी, उच्च जोखिम लिई व्यवसाय गरेर सफल भएका कारण उनलाई गौतमभाई नाम राखिएको थियो । पूर्व आइआइएम-ए निर्देशक बाकुल ढोलकिया, जो अदानी समूहका शैक्षिक र सिएसआर सुरुवातकर्ता थिए ले एक प्रेस कार्यक्रम्मा भनेका थिए, "उच्च जोखिम वहन गरी सफल हुने थोरै व्यवसायीहरू मध्ये एक अदानी पनि हुन् ।[12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.