फोर्ब्स एउटा अमेरिकी व्यापारिक पत्रिका हो। पाक्षिक रूपमा प्रकाशित हुने यो पत्रिकाले अर्थ, उद्योग, लगानी र बजारमुखी विषयलाई मुख्य रूपमा स्थान दिने गरेको छ। यस बाहेक यो पत्रिकाले प्रविधि, सञ्चार, विज्ञान, राजनीति र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो प्रतिवेदन जारी गर्दछ। यसको प्रधान कार्यालय अमेरिकाको जर्सी सिटी, न्यू जर्सीमा रहेको छ। यो पत्रिकाद्वारा जारी गरिने संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरू, अमेरिकी धनीहरू, विश्वका उत्कृष्ट कम्पनीहरू, विश्वका १०० शक्तिशाली महिलाहरू र विश्वका अर्बपतिहरूको सूची तथा क्रमाङ्कको लागि संसारमा प्रसिद्ध रहेको छ। यो पत्रिकाको अन्तर्राष्ट्रिय संस्करण एसिया र युरोपबाट समेत प्रकाशित हुन्छ। यो पत्रिकाको प्रधान सम्पादक स्टिभ फोर्ब्स हुन् भने कार्यकारी अधिकृत माइक फेडर्ले रहेका छन्।
प्रधान सम्पादक | स्टिभ फोर्ब्स |
---|---|
सम्पादक | र्यान्डल लेन[१] |
श्रेणी | व्यापारिक पत्रिका |
आवृति | पाक्षिक |
कुल वितरण (२०१३) | ९,३१,५५८[२] |
पहिलो अङ्क | सेप्टेम्बर १५, १९१७ |
कम्पनी | फोर्ब्स मिडिया निगम (५१%) फोर्ब्स परिवार (४९%) |
देश | संयुक्त राज्य अमेरिका |
प्रधान कार्यालय | जर्सी सिटी, न्यू जर्सी |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | ००१५-६९१४ |
कम्पनीको अन्य प्रकाशनहरूमा फोर्ब्स एसिया, फोर्ब्स लाइफ र फोर्ब्स विमिन पत्रिकाहरू रहेका छन्। यस बाहेक फोर्ब्सको चीन, क्रोएसिया, भारत, इन्डोनेसिया, इजरायल, कोरिया, पोल्यान्ड, रोमानिया, रूस र तुर्कीमा १० स्थानीय भाषाको स्वामित्ववाहक संस्करण रहेको छ। फोर्ब्स लगायत फोर्ब्स एसिया र कम्पनीको अन्य दश अन्तर्राष्ट्रिय स्वामित्ववाहक संस्करण एकै साथ ६ लाखभन्दा बढी पाठकहरू समक्ष पुग्दछ।
कम्पनीको इतिहास
सन्दर्भ सामग्री
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.