From Wikipedia, the free encyclopedia
गोर्खाल्यान्ड भारतको पश्चिम बङ्गाल राज्यमा रहेको दार्जिलिङ तथा डुवर्सको केही भू-भागलाई सो राज्यबाट छुट्याई अर्को एउटा नयाँ राज्य निर्माण खोजीएको माग तथा क्षेत्र बुझाउने शब्द हो। वर्णित क्षेत्रमा धेरै मात्रामा नेपाली भाषी बसोबास गर्ने गर्छन जो आफुलाई गोर्खा भन्छन्। गोर्खाहरूले धेरै लामो समयदेखि आफ्नो एउटा अलग राज्यको माग गर्दै आएका छन्, जो आफ्नो समाजिक, आर्थिक सुधार गर्न चाहँदैछन र जो आफ्नो राजनीतिक पहिचान विश्वलाई दिन खोज्दैछन कि उनीहरू भारतीय गोर्खा हुन्। उनीहरू आफ्नो क्षेत्रको लागि बहुमत हुन जो पुरै बङ्गालमा अल्पमतमा छन्।
गोर्खाल्यान्ड | |
---|---|
प्रस्तावित राज्य | |
देश | भारत |
राज्य | पश्चिम बङ्गाल |
प्रस्तावित राजधानी | दार्जिलिङ |
भाषा | |
• सरकारी | नेपाली |
ऐतिहासिक रूपले दार्जिलिङ र यसको चारै तर्फको तराई क्षेत्र त्यतिबेलाको किराँत राज्यको भाग थियो जसलाई बिजयपुर भनिन्थ्यो। विजयपुर राज्यको विघटन पछि यो क्षेत्रलाई सिक्किम र भुटानले कब्जा गरेको थियो।
नेपाल-अङ्ग्रेज युद्ध (Anglo-Nepalese War) (१८१४-१८१५) पछि, नेपाल र इस्ट इन्डिया कम्पनी बीच एउटा सन्धि गरियो जसलाई सुगौली सन्धि भनियो। जसमा अङ्ग्रेजहरूले दार्जिलिङलाई नेपालबाट लिएर सिक्किमलाई तितालिया सन्धि अनुरूप फर्काई दियो। सन् १८३५ मा, कोल लौय्ड दार्जिलिङको लागि ब्रिटीश इस्ट इन्डियाको तर्फबाट प्रतिनिधी बनेर आए। उसको कार्यकालको बेला दार्जिलिङका महाराजाले ब्रिटीश इस्ट इन्डिया कम्पनीलाई वार्षिक रु. ३०० दिनु पर्थ्यो। [1] । दार्जिलिङको अहिलेको नक्शा भूटान-अङ्ग्रेज युद्ध पछि कालिम्पोंग र डुअर्सको परिचयपछि (सिन्चुला संधि) Anglo-Bhutanese war of 1864 पछि अस्तित्वमा आयो। आज जुन दार्जिलिङलाई हामीले चिन्छौँ त्यसको सङ्गठन १८६६मा भएको थियो। दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूले हामी नेपालको नागरिक होइनौ भन्ने प्रष्ट पार्न गोर्खा शब्दलाई प्रयोगमा ल्याए। गोर्खा शब्द दार्जिलिङमा बसोबास गर्ने सबै तीन समुह: नेपाली, लेप्चा र भूटियाहरूको लागि हो। [2]
गोर्खा जनमुक्ति मोर्चा, पश्चिम बङ्गाल सरकार र भारतको केन्द्रीय सरकारबीच १८ जुलाई, २०११ मा गोर्खाल्यान्ड क्षेत्रिय प्रशासन बनाउने सहमति गरे। पश्चिम बङ्गालको सिलिगुडीमा केन्द्र सरकारका गृहसचिव केके पाठक, राज्यका गृहसचिव ज्ञानदत्त गौतम र मोर्चाका महासचिव रोशन गिरीले जीटिए लागू गर्न हस्ताक्षर गरेका हुन् । पश्चिम बङ्गालको नयाँ मुख्यमन्त्रीमा ममता बनर्जी विजयी भएपछि गोर्खाल्यान्ड समस्याको समाधान खोज्ने बताएकी थिइन् । मोर्चा र राज्य सरकारबीच जुन ६ र ७ मा कोलकातामा भएको पहिलो चरणको वार्ताले दार्जिलिङमा स्वायत्त व्यवस्था लागू गर्ने सहमति गरेको थियो । जुन ८मा भएको दास्रो चरणको वार्तामा गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनमा सहमति भएको थियो । [4][5]
तीन वर्ष भन्दा लामो आन्दोलन पछि पनि गोर्खाल्यान्ड छुट्टै राज्य भने हुन सकेन। गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनका प्रशासनिक, कार्यकारी र वित्तीय शक्ति भए पनि आफ्नै विधायक भने हुने छैनन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.