![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1f/Kings_Palace_Gorkha_Nepal.jpg/640px-Kings_Palace_Gorkha_Nepal.jpg&w=640&q=50)
गोरखा नगरपालिका
गण्डकी प्रदेशको नगरपालिका / From Wikipedia, the free encyclopedia
गोरखा नगरपालिका (पूर्व नाम: पृथ्वीनारायण नगरपालिका) नेपालको गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। गोरखा जिल्लाका तत्कालिन गोरखकाली, रानीस्वारा र तारानगर गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर गोरखा नगरपालिका घोषणा गरिएको थियो।
गोरखा
पृथ्वीनारायण | |
---|---|
नगरपालिका सदरमुकाम | |
![]() गोरखा दरवार | |
निर्देशाङ्क: २८°०′०″उ॰ ८४°३८′०″पू॰ | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[1] |
समावेश (गाविस) | गोरखकाली, रानीस्वारा र तारानगर |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | ताप्ले र देउराली (१, ४, ५, ८ र ९) |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• मेयर | राजनराज पन्त |
• उप मेयर | वीणाकुमारी श्रेष्ठ |
क्षेत्रफल | |
• जम्मा | १३१.८६ किमी२ (५०.९१ वर्ग माइल) |
उन्नतांश | १५२२ मिटर (४९९३ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ४९२७२ |
• घनत्व | ३७०/किमी२ (९७०/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दू मुस्लिम बौद्ध |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हुलाक कोड | ३४००० |
क्षेत्रीय सङ्केत | ०६४ |
वेबसाइट | gorkhamun |
वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार फिनाम र नरेश्वर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[3] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा ताप्ले र देउराली (१, ४, ५, ८ र ९) गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[4][5][6] कुल १४ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ४९,२७२ रहेको छ। नेपालको राजधानी काठमाडौँबाट १४१ किलोमिटर पश्चिम र अमर सिंह राजमार्गको आँबुखैरेनी गाउँपालिकाबाट २४ किलोमिटर उत्तरमा पर्ने यस नगरपालिकाको प्रायजसो भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ। पृथ्वीनारायणको नामबाट यस नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका राखिएको थियो जसलाई पछि गोरखा नगरपालिका नामकरण गरिएको हो। ऐतिहासिक गोरखा दरबार बजारको माथिल्लो टाकुरामा अवस्थित छ। तल्लो दरबार, सङ्ग्राहलय, बजार छेउको तल्लो दरबारमा छ। गोरखा जिल्लाको सदरमुकाम समेत रहेकाले यहाँ सबै जिल्ला स्तरीय कार्यालयहरू रहेका छन्।