नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
गुल्मी जिल्ला लुम्बिनी प्रदेशको एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम तम्घास पर्दछ। पूर्वमा स्याङ्जा र पर्वत जिल्ला, दक्षिणमा पाल्पा र अर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरिएको जिल्ला कफी खेतीका लागि प्रख्यात छ। गुल्मी नेपालमा कफीको प्रचलनमा व्यापक रूपमा परिचित छ। माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्यटक र स्थानीय दुवैमा लोकप्रिय छन्।[1]
गुल्मी जिल्ला | |
---|---|
राष्ट्र | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | तम्घास |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, गुल्मी |
क्षेत्रफल | |
• जम्मा | १,१४९ किमी२ (४४४ वर्ग माइल) |
जनसङ्ख्या (२०२१) | |
• जम्मा | २४६,८३६ |
• घनत्व | २१०/किमी२ (५६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्त्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.