गियोतिन
From Wikipedia, the free encyclopedia
गियोतिन (फ्रान्सेली: [ɡijɔtin] ( सुन्नुहोस्)) शिर छेदन गरी मृत्युदण्ड दिने, दुई खम्बा बीच आरा झुन्ड्याइएको यन्त्र हो। यसको नामाकरण फ्रान्सेली चिकित्सक जोजेफ-इन्यास गियोतिनको नामबाट गरिएको थियो जसले १० अक्टोबर १७८९ मा राष्ट्रिय सभामा मृत्युदण्ड "सामान्य उपकरणको प्रयोगबाट" शीरछेदन गरी गर्नुपर्छ भनी प्रस्ताव गरेका थिए।[1]
गियोतिनको आविष्कार युरोपेली ज्ञानोदयको मान्यता अनुसार मृत्युदण्डको सजाय कम पीडादायी र कम कष्टकर बनाउनका लागि भएको थियो, जबकी यसअघिका मृत्युदण्डका तरिकाहरू निकै कष्टकर र भयभित तुल्याउने खालका हुन्थे। यसलाई अङ्गीकार गरेपछि सन् १९८१ मा मृत्युदण्ड उन्मुलन नभएसम्म, यो यन्त्र फ्रान्सको न्यायिक क्षेत्रमा मृत्युदण्ड दिने मानक विधि बनेको थियो[2] फ्रान्समा मृत्युदण्ड दिइएका अन्तिम व्यक्ति हमिदा जानदुबी थिए, जसलाई १० सेप्टेम्बर १९७७ मा गियोतिनद्वारा शीरछेदन गरिएको थियो। यो पश्चिमी राष्ट्रको सरकारले शीरछेदन गरी व्यक्तिलाई मृत्युदण्ड दिएको अन्तिम पटक थियो।
यो फ्रान्सेली राज्यक्रान्ति अन्तर्गत आतङ्कको राज्यको समयमा क्रान्तिको विरोधीहरूलाई मृत्युदण्ड दिनको लागि परिचित थियो। नाजी जर्मनीले सन् १९३३ देखि १९४५ को बिचमा १६,५०० कैदी बन्दीलाई गियोतिनद्वारा मृत्युदण्ड दिएकोमा त्यो मध्ये सबैभन्दा बढी सन् १९४४ र १९४५ को बीचमा, १०,००० लाई यो यन्त्रद्वारा मृत्युदण्ड दिइएको थियो।[3][4]
हालसालैका वर्षहरूमा केही मानिसहरूले गियोतिनबाट आत्महत्या गरेका थिए।[5][6][7][8]