खिजी चण्डेश्वरी From Wikipedia, the free encyclopedia
खिजी चण्डेश्वरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२९३ रहेको थियो जसमध्ये ६१८ पुरुष र ६७५ महिला रहेका थिए भने यहाँ २७५ घरधुरी रहेको थियो।[1][2]
खिजी
खिजी माझ गाउँ | |
---|---|
उपनाम: खिजी चन्डेश्वारी | |
देश | नेपाल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | ओखलढुङ्गा |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १,२९३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
खिजी मा विभिन्न कृषि उत्पादनहरु हुन्छन् । वर्षेनी धान, मकै, कोदो,जौ, गहु, भटमास, फापर, तोरी, आलु हुन्छन् भने साग, सब्जी, फलफुल आदि पनि यहाँका मनिषले उपभोक् गर्दै अएक छन् सिंचाई न-भाकोले मेसेल्मी मुहानबाट आको पानीले धन रोप्ने र आकासे पानी ले जिबन चालाएको पाइन्छ।
खिजी मा पुर्खा देखि नै लेख-बेशी मा अ-आफ्नु बन-जंगल र साझा बन भकोले पंचायत कालमा साझा बन जंगल सबै बेचबिख भइ आफ्नु बन वा पेवा बन गरिएको थियो र यस गाउँमा धेरै जसो बन जंगल आफ्नु नाम को जंगल पनि पाइन्छ बाकी बन जंगल सबै अझकल साझा बन जंगल रूपमा उपभोक् गरिएको पाइन्छ। बनको नाम : डाडापरि, देउराली, दोबस, दोबी, कोस्पला र मप्प्रा ।
सुनुवार, भुजेल, नेवार, शेर्पा, विश्वकर्मा, परियार
सुनुवार भाषा (सुनुवार लो)
सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरूको मौलिके र मान्नेता आनुसर वर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुनबाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक वर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली/ हाल्ली खेल (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)
खिजी युवा क्लब २०६० साल मा स्थापना भएको हो । तर फूटबल खेल खिजी चन्डेश्वरी मा २०२७ देखिनै खेलिदै आइरहेको हो । कारण सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक/आर्मी हरूले सुरुवत गरेका हुन्, गाउँ का युबा हरूलाई खेल को नियम्, कलहरु सबै सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिकहरूले दिदै आएक थियो । त्यसपछी युबा समुह्, सुनुवार बिर्टिश गोर्खा भुतपुर्व सैनिक समुह र स्कुल समुह गरी ३ समुह मा फूटबल प्रतियोगिता गर्ने गरिन्थियो । त्यसपछी २०४९ साल मा ए ग्रोउप बि ग्रोउप सि ग्रोउप र डि ग्रोउप गरी ४ समुह मा खेल्दै आएको थियो । र २०६० मा मात्रै खिजी पबित्त्रा युबा क्लब अर्थत खिजी युवा क्लबको स्थापान भएको हो ।
चण्डिपूर्णीमामा उभौली अर्थात बुद्धजयन्ती, चण्डी पुजा, किरात चण्डी, सुनुवार चण्डी
चण्डी नाच किराँतका सुनुवार जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रूपमा मानिने चाड हो, जसलाई सुनुवार बोलिमा चण्डी सिल वा सूरो-गाशो घर-घरमा पुराउने चलनलाई चण्डी नाच (चण्डी पूजा) भनिन्छ । जसमा मूल नासो वा बालि नासो अर्थात् अन्न-बाली नाशो जसले अन्नपात खेतीबालीहरु राम्रो होस भनि सोरो दिइन्छ र भेडा नासोले पनि जनावरहरु (भेडा)होस भनि सोरो दिइन्छ वा ल्याइन्छ यसमा ढोल झ्याम्टा बजाउँ जातिय भेष भुषाका हातमा झुम्के रुमाल, फुलपाती, सेउली लिई बाल, युवा, युबती, वृद्धहरु सबै नाचिन्छ ।
स्थान : खिजी चण्डीथान
जाति : सुनुवार
नासो : पुजारी
बाध्यबाजा: डोल, झेम्टा
थरहरु: कोर्मोचा भाले र मुलिचा पोथी (खिजीमाझगाउँ मा बस्ने कोर्मोचा सबै भाले डोल र मूलगाउँमा बस्ने कोर्मोचा बाहेक मुलिचाहरु पोथी डोल)
ऋखी तरपानी, वा जनैपूर्णीमा बाहुनहरूले सुनुवार जातिहरूको घर-घर मा गएर जनै बाँध्ने चलनहरु पार-पूर्व काल देखिन चलि आएकोले यस दिन मुखिया को वा सुनुवार जुजुमान को घरमा गइ जनै लगाई दिने दिन लाई जनैपूर्णी भनेर खिजीका सुनुवार जातिहरूले मान्ने चलन छ र यस दिन धामी झाक्रीहरूलाई गुरु पुकार्ने वा गुरु भेटि दिने चलन लाई मुधुम भाषामा (रेकी)ऋखी तरपानी भनेर सुनुवारहरूले मान्ने चलनलाई ऋखी तरपानी, जनैपूर्णीमा भनिन्छ वा मनइछ (क्षेत्र अनुसार)
यस गाविसमा श्री चन्डेश्वरी माध्यमिक विद्यालय, खिजी चन्डेश्वरी कोशपाला, ओखलढुङ्गा लगायतका विद्यालयहरू छन । यहाँ एक स्वास्थ्यचौकी पनि रहेको छ । त्यस स्वास्थ्यचौकीमा सामान्य उपछार्को व्यबस्था रहेको छ ।
मेसेल्मी थान,राम्बुले थान, चण्डी थान
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.