खालेदा जिया (बङ्गाली उच्चारण: [kʰaled̪a dʒija]; जन्म (१५ अगस्ट १९४५) खालेदा खानम पुतुल[1][2]एक बङ्गलादेशी राजनीतिज्ञ हुन् जसले मार्च १९९१ देखि मार्च १९९६ सम्म र फेरि जुन २००१ देखि अक्टोबर २००६ सम्म बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा सेवा गरेकी थिइन्।[3] उनी बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री र बेनजीर भुट्टोपछि मुस्लिम विश्वको दोस्रो महिला प्रधानमन्त्री थिइन्। उनी बङ्गलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानकी श्रीमती हुन्। उनी सन् १९८४ देखि बङ्गलादेश जातीयतावादी दलको को अध्यक्ष र नेता हुन्, जसको स्थापना उनका स्वर्गीय पतिले सन् १९७८ मा गरेका थिए।

छरितो तथ्यहरू खालेदा जिया, बङ्गलादेशको नवौँ प्रधानमन्त्री ...
खालेदा जिया
খালেদা জিয়া
Thumb
सन् २०१६ मा, जिया
बङ्गलादेशको नवौँ प्रधानमन्त्री
कार्यकाल
१० अक्टोबर २००१  २९ अक्टोबर २००६
राष्ट्रपति
  • शाहाबुद्दीन आहमेद
  • एक्युएम बदरुद्दोजा चौधुरी
  • इयाजउद्दीन आहम्मेद
पूर्वाधिकारीतलिफुर रहमान (कामचलाउ)
उतराधिकारीइयाजउद्दिन आहम्मेद (कामचलाउ)
कार्यकाल
२० मार्च १९९१  ३० मार्च १९९६
राष्ट्रपति
  • शाहाबुद्दीन आहमेद (कामचलाउ)
  • आब्दुर रहमान विश्वास
पूर्वाधिकारीकाजी जाफर आहमेद
उतराधिकारीमुहम्मद हाबिबुर रहमान(कामचलाउ)
बङ्गलादेश राष्ट्रियतावादी दलको तेस्रो अध्यक्ष
पद बहाली
१० मे १९८४
महासचिवआबु सालेह मोहम्मद मुस्ताफिजुर रहमान
केएम ओवायदुर
आब्दुस सलाम तालुकदार
आब्दुल मान्नान भुँइया
खोन्दोकार देलोवार होसेन
मिर्जा फखरुल इस्लाम आलमगीर
पूर्वाधिकारीआब्दुस सत्तार
प्रतिपक्ष दलको चौँथो नेता
कार्यकाल
२९ डिसेम्बर २००८  ९ जनवरी २०१४
प्रधानमन्त्रीशेख हसिना
पूर्वाधिकारीशेख हसिना
उतराधिकारीबेगम रओसन एरशाद
कार्यकाल
२३ जुन १९९६  १५ जुलाई २००१
प्रधानमन्त्रीशेख हसिना
पूर्वाधिकारीशेख हसिना
उतराधिकारीशेख हसिना
बङ्गलादेशको द्वितीय महिला
भूमिकामा
२१ अप्रिल १९९७  ३० मे १९८१
राष्ट्रपतिजियाउर रहमान
पूर्वाधिकारीशेख फजिलातुन्नेछा मुजिब
उतराधिकारीबेगम रओसन एरशाद
सातौँ सदनको नेता
कार्यकाल
१० अक्टोबर २००१  २९ अक्टोबर २००६
पूर्वाधिकारीशेख हसिना
उतराधिकारीशेख हसिना
कार्यकाल
२० मार्च १९९१  ३० मार्च १९९६
पूर्वाधिकारीकाजी जाफर आहमेद
उतराधिकारीशेख हसिना
संसद सदस्य
कार्यकाल
२९ डिसेम्बर २००८  ९ जनवरी २०१४
पूर्वाधिकारीसाइद इस्कन्दार
उतराधिकारीशिरिन आखतार
निर्वाचन क्षेत्रफेनी-१
कार्यकाल
१ अक्टोबर २००१  २९ अक्टोबर २००६
पूर्वाधिकारीजाफर इमाम
उतराधिकारीमुहम्मद जमिरुद्दीन सरकार
निर्वाचन क्षेत्रबगुडा-६
कार्यकाल
२० मार्च १९९१  १५ जुलाई २००१
पूर्वाधिकारीजाफर इमाम
उतराधिकारीसाइद स्कन्दार
निर्वाचन क्षेत्रफेनी-१
व्यक्तिगत विवरण
जन्म
खालेदा खानम पुतुल

१५ अगस्ट १९४५
जलपाईगुडी, बङ्गाल, बेलायती भारत
(हाल पश्चिम बङ्गाल, भारत)
राजनीतिक दलबङ्गलादेश जातीयतावादी दल (सन् १९७९–हाल)
अन्य राजनीतिक
संलग्नता
  • अठार दलीय गठबन्धन (सन् २००१–२०११)
  • अठार दलीय गठबन्धन (सन् २०११–२०२२)
  • राष्ट्रिय ऐक्य मोर्चा (सन् २०१८–२०२२)
जीवन साथी
(
वि १९६०; मृत्यु १९८१)
नाता
  • साइद इस्कन्दार (भाइ)
  • खुर्सिद जाहान हक (दिदी)
सन्तान(हरू)
  • तारेक रहमान
  • आराफात रहमान
अभिभावकs
  • इस्कन्दार मजुमदार (पिता)
  • तैयबा मजुमदार (आमा)
आफन्तहरूहेर्नुहोस् मजुमदार–जिया परिवार
बन्द गर्नुहोस्

सन् १९८२ मा सेना प्रमुख हुसेन मोहम्मद इरशादको नेतृत्वमा भएको सैन्य 'कू' पछि जियाले सन् १९९० मा इरशादको पतनसम्म प्रजातन्त्रका लागि आन्दोलनको नेतृत्व गरेकी थिइन्। सन् १९९१ को आम चुनावमा बङ्गलादेश राष्ट्रियतावादी दलको विजय पश्चात् उनी प्रधानमन्त्री बनेकी थिइन्। सन् १९९६ मा अन्य दलले पहिलो चुनाव बहिस्कार गरेपछि उनले अल्पकालीन सरकारमा पनि केही समय काम गरेकी थिइन्। सन् १९९६ को आम चुनावको अर्को चरणमा अवामी लिग सत्तामा आएको थियो। उनको पार्टी सन् २००१ मा पुनः सत्तामा आएको थियो। उनी सन् १९९१, १९९६ र २००१ को आम निर्वाचनमा पाँच वटा छुट्टाछुट्टै संसदीय निर्वाचन क्षेत्रमा निर्वाचित भएकी थिइन्।

सन् १९८० को दशकमा इरशादको सैन्य तानाशाहीविरुद्ध कडा विरोध र बङ्गलादेशमा प्रजातन्त्र पुनस्र्थापना गर्ने उनको प्रतिबद्धताका कारण उनले "सम्झौताहीन नेता"को रूपमा ख्याति प्राप्त गरेकी थिइन्। उनलाई इरशाद सरकारले धेरै पटक नजरबन्दमा राखेको थियो भने पछि शेख हसिना नेतृत्वको सरकारले पनि उनलाई नजरबन्दमा राखेको थियो।[4] उनलाई सन् २०११ मा न्यूजर्सीको राज्य सिनेटले 'प्रजातान्त्रिक योद्धा'को रूपमा सम्मानित गरेको थियो।[5]

फोर्ब्सले जिया विश्वको सबैभन्दा शक्तिशाली महिलाहरूको सूचीमा सन् २००४ मा १४औँ[6] स्थानमा, सन् २००५ मा २९औँ स्थानमा, र सन् २००६ मा ३३औँ स्थानमा राखेको थियो।[7][8]

सन् २००६ मा उनको सरकारको कार्यकाल समाप्त भएपछि, राजनीतिक हिंसा र आन्तरिक कलहका कारण जनवरी २००७ को निर्धारित चुनावमा ढिलाइ भएको थियो, जसको परिणामस्वरूप कामचलाउ सरकारलाई शान्तिपूर्ण रूपमा सैन्य अधिग्रहण गरिएको थियो। अन्तरिम शासनकालमा सैन्य सरकारले जिया र उनका दुई छोरालाई भ्रष्टाचारको आरोप लगाएको थियो।[9][10][11]

सन् १९८० को दशकदेखि जियाको मुख्य प्रतिद्वन्द्वी अवामी लिगकी नेतृ शेख हसिना हुन्। सन् १९९१ देखि बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा सेवा रत यी दुई जना मात्र हुन्।[12]

जियालाई सन् २०१८ मा जिया अनाथालय ट्रस्ट र जिया च्यारिटेबल ट्रस्टको भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो। स्थानीय अदालतले नवगठित जिया अनाथालय ट्रस्टको पक्षमा रकम वितरण गर्दा प्रधानमन्त्रीका रूपमा शक्तिको दुरुपयोग गरेको भन्दै उनलाई फैसला सुनाएको हो।[13] अन्तर्राष्ट्रिय र घरेलु कानुनी विशेषज्ञहरूलाई उद्धृत गर्दै, अमेरिकी विदेश विभागले आफ्नो सन् २०२० को मानव अधिकार अभ्याससम्बन्धी प्रतिवेदनमा "दोषीलाई समर्थन गर्ने प्रमाणहरूको अभाव"ले उनलाई चुनावी प्रक्रियाबाट हटाउनका लागि यो मुद्दा राजनीतिक चाल भएको सङ्केत गरेको थियो।[14] एमनेस्टी इन्टरनेसनलले उनको "निष्पक्ष परीक्षण अधिकारको सम्मान नगरिएको" भन्दै चिन्ता व्यक्त गरेको थियो।[15]

सन् २०१९ को अप्रिलमा जियालाई उपचारका लागि अस्पताल लगिएको थियो।[16] मार्च २०२० मा, उनलाई ढाकाको गुलशनमा रहेको आफ्नो घरमा बस्ने र विदेश यात्रा नगर्ने शर्तका साथ मानवीय आधारमा ६ महिनाका लागि रिहा गरेको थियो।[17] उनलाई अनौपचारिक रूपमा राजनीतिक कदम चाल्न पनि निषेध गरिएको छ।[18] सेप्टेम्बर २०२२ मा, उनको सजायको ६ महिनाको अवधिको निलम्बन लगातार छैटौँ पटक प्रदान गरिएको थियो।[19]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.