अध्यापक डा. इयाजउद्दिन अहमद (बङ्गाली: ইয়াজউদ্দিন আহম্মেদ, जन्म: १ फेब्रुअरी १९३१- मृत्यु: १० डिसेम्बर २०१२), बङ्गलादेशका १८औँ राष्ट्रपति थिए। उनी ढाका विश्वविद्यालयका भूमि विज्ञान विभागमा सेवानिवृत्त प्राध्यापक थिए। सन् १९५२ मा भएको बाङ्ला भाषा आन्दोलना अहमदको महत्त्वपूर्ण भूमिका रहेको थियो। उनले बङ्गलादेशको कामचलाउ सरकारको प्रमुखको रूपमा काम गरेका थिए भने सन् २००६ अक्टोबर २९ का दिन उनले राष्ट्रपतिको रूपमा सपथ लिएका थिए र पछि आपातकाल कानुन पारित भएपछि सन् २००७ जनवरी १२ का दिन उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। उनलाई विश्व बैङ्ककाका पूर्व निर्देशक तथा बङ्गलादेश बैङ्कका पूर्व गभर्नर फखरुद्दिन आहमदद्वारा प्रतिस्थापित गरिएको थियो। सन् २००९ फेब्रुअरी १२ का दिन जियाउर रहमानले बङ्गलादेशको राष्ट्रपतिको रूपमा सपथ लिएपछि इयाजउद्दिन अहमदको कार्यकाल समाप्त भएको थियो।

छरितो तथ्यहरू अध्यापक डा. इयाजउद्दिन अहमद, बङ्गलादेशका १८औँ राष्ट्रपति ...
अध्यापक डा. इयाजउद्दिन अहमद
Thumb
बङ्गलादेशका १८औँ राष्ट्रपति
कार्यकाल
सन् २००२  सन् २००७ जनवरी १२
पूर्वाधिकारीजमिरुद्दिन सरकार
उतराधिकारीजिल्लुर रहमान
व्यक्तिगत विवरण
जन्मसन् १९३१ फेब्रुअरी १
मुन्सिगञ्ज जिल्ला, बाङ्ला राज्य, बेलायती भारत
मृत्युसन् २०१२ डिसेम्बर १०
ब्याङ्कक, थाई
राष्ट्रियताबङ्गलादेशी
बन्द गर्नुहोस्

जन्म तथा परिवार

इयाजउद्दिन अहमदको जन्म १ फेब्रुअरी १९३१ का दिन मुन्सिगञ्ज जिल्लाको नारायनगञ्ज गाउँमा भएको थियो। उनको बुबाको नाम मौलाभि मुहाम्मद इब्राहिम थियो। अध्यापक इयाजउद्दीन अहमदकी श्रीमती अध्यापिका आनोवार बेगम ढाका विश्वविद्यालयको जीव विज्ञान विभागका शिक्षिका थिइन् जो विभाग प्रमुख र शमसुन्नाहार हलको प्रमुख अधिकारी हुन्। इयाजउद्दिन अहमद र आनोवारा बेगमको एक छोरी छन् भने उनीहरूको इमतियाज अहमद बाबु सहित दुई छोराहरू छन्।[1] आनोवारा बेगम हाल अतीश दीपङ्कर विज्ञान तथा प्राविधिक विश्वविद्यालयकी गुठी सञ्चालको रूपमा काम गरिरहेकी छिन्। बङ्गलादेशका तत्कालीन राष्ट्रपति जिल्लुर रहमानकी श्रीमती आइभि रहमान २१ अगस्टमा भएको एक बम हमलामा परि सन् २००४ अगस्ट २४ का दिन मृत्यु भएको थियो। उनको मृत्यु पश्चात् इयाजउद्दिनकी श्रीमती आनोवारा बेगमले बङ्गलादेशको प्रथम महिलाको रूपमा काम गर्ने मौका पाएकी थिइन्।[2]

शिक्षा

सन् १९४८ मा इयाजउद्दिन अहमदले मुन्सिगञ्ज उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए भने सन् १९५० मा उनले मुन्सिगञ्जमा रहेको हरगङ्गा महाविद्यालयबाट स्नातक उतिर्ण गरेका थिए। अहमदले सन् १९५० देखि सन् १९५२ सम्म ढाका विश्वविद्यालयमा अध्ययन गरी बिएससी तथा एमएससी उतिर्ण गरेका थिए। संयुक्त राज्य अमेरिकामा रहेको युसकोन्सिन विश्वविद्यालय मार्फत उनले सन् १९५८ देखि सन् १९६२ सम्ममा उनले एमएस तथा विद्यावारिधि गरेका थिए।[3]

कार्यकाल

इयाजउद्दिन अहमदले सन् १९६३ मा ढाका विश्वविद्यालयका एक सहकारी अध्यापकको रूपमा उक्त विश्वविद्यालयसँग जोडिएका थिए। उनी सन् १९६४ मा उक्त विश्वविद्यालयका सह अध्यापक तथा सन् १९७३ मा प्रमुख अध्यापकको रूपमन स्थापित भएका थिए। सन् १९७५ देखि सन् १९८३ सम्म अध्यापक इयाजउद्दिन अहमद ढाका विश्वविद्यालयका सलिमुल्लाह हलका प्रमुख अधिकारीको रूपमा रहेका थिए। अध्यापक इयाजउद्दिन अहमद सन् १९६८-६९ तथा सन् १९७६-७९ सम्मको कार्यकालमा भूमि विज्ञान विभागमा प्रधानको रूपमा कार्यरत थिए। उनी सन् १९८९ देखि सन् १९९९ सम्म दुईपटक ढाका विश्वविद्यालयको जीव विज्ञान सङ्कायका प्रमुख अधिकारीको रूपमा निर्वाचित भएकन थिए। उनी ढाका विश्वविद्यालयको सिनेट, सिन्डिकेठ, एकाडेमीक परिषद् तथा उन्नत बोर्डका सदस्यको रूपमा रहेका थिए। यस बाहेक अध्यापक इयाजउद्दिन अहमद सन् १९९९ मा कार्यवाहक सरकारको सल्लाहकारको रूपमा पनि रहेका थिए भने उनी त्यसबेला संस्कृति मन्त्रालयका जिम्मेवार सदस्य थिए।

उनी सन् १९९१-९३ मा लोक सेवा आयोगका अध्यक्ष तथा सन् १९९५-९९ मा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको रूपमा स्थापित थिए। उनले राष्ट्रपतिको रूपमा सपथ लिने बेलासम्म उनी ढाका विश्वविद्यालयका कुलपतिको रूपमा कार्यरत थिए। अध्यापक इयाजउद्दिज अहमद संयुक्त राष्ट्र महासभाको ४९औँ सम्मेलनमा बङ्गलादेशको प्रतिनिधिमण्डलका एक सदस्य थिए जहाँ उनले फिलिस्तीनी शरणार्थीहरू तथा विश्व व्यापार र विकासको बारेमा चर्चा गरेका थिए। उनी विभिन्न सामाजिक गतिविधिहरूमा सामेल थिए जसमध्ये एक विश्वविद्यालय शिक्षक सङ्घ को महासङ्घ सामेल छ। उनी ढाका विश्वविद्यालय शिक्षक सङ्घका अध्यक्ष तथा संयुक्त शिक्षक आन्दोलनका समन्वयक थिए।

बङ्गलादेशको राष्ट्रपतिको रूपमा कार्यकाल

अध्यापक इयाजउद्दिन अहमदले सन् २००२ मा जनगणतन्त्र बङ्गलादेशको राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले राष्ट्रपति पदका साथसाथै सन् २००६ अक्टोबर २९ का दिन कार्यवाहक सरकारको मुख्य सल्लाहकारको रूपमा पनि स्थापित भएका थिए। उनले सन् २००७ जनवरी १२ का दिन बङ्गलादेश बैङ्कको पूर्व गभर्नरबाट राजीनामा दिएका थिए भने उनको पदमा फखरुद्दीनले आहमदलाई मुख्य सल्लाहकार नियुक्त गरिएको थियो। इयाजउद्दिज अहमद २००९ फेब्रुअरी १२ का दिन जिल्लुर रहमानले बङ्गलादेशको १९औँ राष्ट्रपतिको रूपमा शपथ नलिएसम्म बङ्गलादेशका राष्ट्रपतिको रूपमा रहेका थिए।

मुख्य सल्लाहकारका रूपबाट राजिनामा

सन् २००७ जनवरी ११ का दिन अध्यापक इयाजउद्दिन अहमदले कार्यवाहक सरकारको मुख्य सलाहकारको रूपमा आफ्नो पदबाट राजिनामा दिएका थिए। उनले कार्यवाहक सरकारमा रक्षा मन्त्रालयका लागि राष्ट्रपति तथा एक जिम्मेवार व्यक्तित्वको रूपमा आफ्नो पदलाई कायम राखेका थिए। उनको सरकार चुनावमा असमर्थ रहेको भन्दै उनले एक बयान जारी गरेका थिए। उनले पूर्व न्यायाधीश फजलुल हकलाई अन्तरिम मुख्य सलाहकार नियुक्त गर्दै आपातकालीन स्थितिको घोषणा गरेका थिए।[4] त्यस पछिको दिन सेनाहरूको परामर्श मार्फत उनले फखरुद्दिन आहमेदलाई नयाँ मुख्य सल्लाहकारको रूपमा नियुक्त गरेका थिए। उनी बङ्गलादेश राष्ट्रिय बैङ्क तथा विश्व बैङ्कका एक सेठ थिए।

सन् २००७ सेप्टेम्बर ५ का दिन राष्ट्रपतिको रूपमा इयाजउद्दिन अहमदको कार्यकाल समाप्त हुन लागेको थियो तर सरकारले उनी राष्ट्रिय चुनाव (सन् २००८ को अन्त्यसम्ममा बनाइएको योजना) नसकिँदा सम्म उनी उक्त पदमा रहिरहने भनेर घोषणा गरेको थियो। उक्त चुनावमा संसदका नयाँ सदस्यहरूको गठन गर्नु पर्ने थियो भने त्यसपछि राष्ट्रपतिय चुनाव गर्नु पर्ने थियो।[5] बङ्गलादेश आवामी लीग तथा उक्त राजनैतिक दलको गठबन्धनले संसदमा दुई-तिहाई सिटहरू जित्न सफल भएको थियो भने त्यसपछि सन् २००९ मा सरकार गठन गरिएको थियो जसको प्रमुख शेख हासिना थिइन्। अहमदले सन् २००९ फेब्रुअरी १२ का दिन बङ्गलादेश आवामी लीगका नेता जिल्लुर रहमान बङ्गलादेशका नयाँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।

अनुसन्धान

हालसम्म देश तथा विदेशमा अध्यापक इयाजउद्दिन अहमदका प्रकाशनहरूको कुल सङ्ख्या १२५ रहेको छ। उनले बङ्गलादेशको तटीय क्षेत्रहरूमा धानको बीउलाई लिएर लवणता तथा उच्च उपज हुने खाले धानको प्रभावहरूको बारेमा अध्ययन गरेका थिए। उनले माटोमा विरुवाको पोषक तत्वहरूलाई सङ्ग्रहित गर्न तथा आवश्यकता अनुसार विरुवालाई आपूर्ति गर्ने विधि माथि सफल अनुसन्धान गरेका थिए। यस कार्यको परिणामस्वरूप उनले संयुक्त अधिराज्यमा व्यापक प्रशंसा प्राप्त गर्न सफल भएका थिए। आफ्नो शिक्षण कार्यकालमा अध्यापक इयाजउद्दिन अहमदले विश्वभरका विभिन्न विश्वविद्यालयहरूमा एक अतिथि अध्यापकको काम गरेका थिए। उनले सन् १९७३ मा संयुक्त अधिराज्यमा कर्नेल विश्वविद्यालय, सन् १९८४ बर्लिनमा जर्मन प्राविधिक विश्वविद्यालय तथा जर्मनीको ग्याटिञ्जेन विश्वविद्यालयमा अतिथि अध्यापकको रूपमा भाग लिएका थिए।

पुरस्कार

उनलाई इब्राहिम स्मारक स्वर्ण पदक (सन् १९८७-८८), श्रीज्ञान अतीश दीपङ्कर स्वर्ण पदक (सन् १९९०), क्रेस्ट (सन् १९९१) तथा शिक्षाका लागि एकुशे पदक (सन् १९९५)बाट सम्मानित गरिएको थियो। उनी अन्तर्राष्ट्रिय भूमि वैज्ञानिक सङ्घ, भारतीय भूमि वैज्ञानिक समिति, बङ्गलादेश भूमि विज्ञान समिति तथा एसियाली समाजका सदस्य थिए।

मृत्यु

सन् २०१२ अक्टोबर २८ का दिन उनले मुटुको सल्यक्रिया गराएका थिए। मृगौला सम्बन्धित जटिलत तथा मृगौला सम्बन्धित रोगलाई केही हदसम्म निको पार्न उनले एक महिना भन्दा अधिक समय अस्पतालमा बिताएका थिए।[6] सन् २०१२ डिसेम्बर १० का दिन उनको थाई देशको राजधानी ब्याङ्कक स्थित बामरुनग्राद अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।[7][8]

उनको मृत्यु पश्चात् राष्ट्रपति जिल्लुर रहमान, प्रधानमन्त्री शेख हासिना, विपक्ष दलकी नेत्री खालिदा जिया, पूर्व राष्ट्रपति सलाहकार मोखलेसर रहमान तथा अन्य उच्च पदका व्यक्तित्वहरूले शोक व्यक्त गरेका थिए। उनका मृत्यु शरीरलाई १२ डिसेम्बर २०१२ का दिन ब्याङ्ककबाट ढाका ल्याइएको थियो।

उनको मृत्यु पश्चात् ४ पटक शोक कार्यक्रमहरू आयोजना भएका थिए जसमा सबैभन्दा पहिला ब्याङ्ककमा ११ डिसेम्बरका दिन आयोजना गरिएको थियो, दोस्रो १३ डिसेम्बरका दिन मुन्सिगञ्जमा उनकै घरमा आयोजना गरिएको थियो, तेस्रो ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा तथा अन्तिमपटक बायतुल मोकाररम राष्ट्रिय मस्जिदमा आयोजना गरिएको थियो भने पछि उनको मृत शरीरलाई बनानी चिहानमा गाडिएको थियो।[9]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.