गोरखाली भारदारी परिवार From Wikipedia, the free encyclopedia
कुँवर वंश वा कुँवर काजी खलक ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि राणा वंश हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र जयकृष्ण परिवार थियो ।
कुँवर वंश/कुँवर काजी खलक | |
---|---|
राष्ट्र | गोरखा राज्य नेपाल अधिराज्य |
उपाधिहरू | काजी |
सम्बोधन शैलीहरू |
|
स्थापना | १७ औँ शताब्दी |
संस्थापक शासक | अहिराम कुँवर (ऐतिहासिक) रामसिंह राणा (वंशावली) |
अन्तिम शासक | जङ्गबहादुर राणा (रामकृष्ण परिवार) बलभद्र कुँवर (जयकृष्ण परिवार) |
अपदस्थ | १५ मे १८४८ (राणा वंशको स्थापना) |
जातियता | खस क्षत्रिय (क्षेत्री)
|
धर्म | हिन्दू |
कुँवरहरूको वंशावली अनुसार चित्तौडगढमा राजा तत्ता राणा थिए । उनका भतिजा फखत सिंह राणाका छोरा रामसिंह राणा चित्तौडगढको पतनपछि नेपालको पश्चिमी पहाड पसेका थिए । रामसिंहलाई ती पहाडी राजाले बिनातीका बगाले क्षेत्री राजाकी छोरी बिहे गरिदिए । रामसिंहको बगाले राजकुमारीबाट छ जना छोरा भए । रामसिंहका एक छोराले कुँवर खड्काको उपाधि पाएका थिए । रामसिंहका छोरा राउत कुँवरलाई कास्कीका राजाले सरदार बनाए । राउतका छोरा अहिराम कुँवरले कास्कीका राजाको दमन सहन नसकेपछि पराजुली थापाहरूको सहयोगमा झडप गरी गोरखा गए ।
कुँवर वंशावलीमा भनिएको मूलपुरुष रामसिंहले बगाले क्षेत्रीकी छोरी बिहे गर्नुको अर्थ भीमसेन थापाको बगाले थापा कुलसंग कुँवरहरूको घनिष्ठता भएको जोन वेल्पटन तर्क गर्छन् ।[1]
अहिराम (असिराम) कुँवर कास्कीका सम्भ्रान्त व्यक्ति थिए । उनी गोरखा राज्यको सेनामा भर्ना भए ।[2] अहिरामका तीन छोरा थिए ; रामकृष्ण कुँवर, जयकृष्ण कुँवर र अमरसिंह कुँवर ।[3] रामकृष्ण पृथ्वीनारायण शाहका प्रमुख सेनापति थिए ।[4][5]
रामकृष्णका एक छोरा थिए; रणजीत कुँवर ।[3] रणजीत कुँवर जुम्ला क्षेत्रका सुब्बा (क्षेत्राधिकारी) थिए ।[6][7] रणजीतका तीन छोरा: बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर थिए ।[3] बालनरसिंह कुँवरले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई दरबारमा काटेका थिए ।[8][9][10] उनी मुख्तियार भीमसेन थापाका नजिकका भारदार थिए ।[8] भीमसेनका भाइ काजी नैनसिंह थापाको ज्वाइँ भएका कारणले बालनरसिंहको भारदारी पदमा बढुवा भयो । बालनरसिंहका माहिंला छोरा जङ्गबहादुर कुँवर थिए जसले राणा वंशको उदय गराए ।
जयकृष्ण कुँवरका चन्द्रवीर कुँवर नामक एक छोरा थिए ।[11] सरदार चन्द्रवीर गढवाल क्षेत्रको एक-तिहाइ भूभागका सुब्बा (बडाहाकिम) थिए ।[11] उनी काभ्रे भँवरकोटका बासिन्दा थिए ।[11] चन्द्रवीरका छोराहरू: वीरभद्र र बलभद्र कुँवर थिए ।[2] कप्तान बलभद्र कुँवर नेपालको राष्ट्रिय विभूति (नायक) मानिन्छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.