किभ
From Wikipedia, the free encyclopedia
किभ [lower-alpha 1] ( Ukrainian ; रूसी: Киев) युक्रेनको राजधानी तथा सबैभन्दा ठूलो जनसङ्ख्या भएको सहर हो। यो सहर निपर नदीको किनारमा उत्तर-मध्य युक्रेनमा अवस्थित छ। सन् २०१५ को जुलाई अनुसार यस सहरको जनसङ्ख्या २८,८७,९७४ रहेको थियो (यद्यपि प्रेसमा सङ्ख्यामा अधिक अनुमान उद्धृत गरिएको छ), किभ युरोपको छैठौँ ठूलो जनसङ्ख्या भएको सहर हो। [9]
किभ
Київ | |
---|---|
निर्देशाङ्क: ५०°२७′००″उ॰ ३०°३१′२४″पू॰ | |
देश | युक्रेन |
नगरपालिका | किभ नगरपालिका |
स्थापित | सन् ४८२ (आधिकारिक रूपमा)[1] |
नामकरण | क्यी |
नगर सभा | किभ नगर सभा |
सरकार | |
• नगर प्रमुख | भिताली क्लिक्सको |
क्षेत्रफल | |
• नगर | ८३९ किमी२ (३२४ वर्ग माइल) |
उन्नतांश | १७९ मिटर (५८७ फिट) |
जनसङ्ख्या (१ जनवरी २०२१) | |
• नगर | ह्रास २९६२१८०[2] |
• घनत्व | ३२९९/किमी२ (८५४०/वर्ग माइल) |
• महानगर | किभ महानगरीय क्षेत्रमा ३४७५००० (१ जनवरी २०२१) [3] |
वासिन्दा(हरू) | किभान,[4] |
कुल गार्हस्थ उत्पादन (सन् २०१८) | |
• कुल | $ ३ अर्ब |
• प्रति व्यक्ति | $ १०,००० |
समय क्षेत्र | युटिसी+२ (EET) |
• ग्रीष्म (डिएसटी) | युटिसी+३ (EEST) |
डाँक कोड | 01xxx–04xxx |
क्षेत्रीय सङ्केत | +३८० ४४ |
FIPS code | UP12 |
वाहन पञ्जीकरण प्लेट | AA, KA (2004 से पहले: КА, КВ, КЕ, КН, КІ, KT) |
वेबसाइट | kyivcity.gov.ua |
किभ पूर्वी युरोपको महत्त्वपूर्ण औद्योगिक, वैज्ञानिक, शैक्षिक र साँस्कृतिक केन्द्र हो। यो सहर उच्च प्राविधिक उद्योग, उच्च शिक्षण संस्थान र ऐतिहासिक स्थलहरूको ठाउँ हो। यस सहरमा किभ मेट्रो सहित सार्वजनिक यातायात र पूर्वाधारको विस्तृत प्रणाली छ।
१९औँ शताब्दीको अन्तमा रूसी साम्राज्यको औद्योगिक क्रान्तिमा यो सहर पुनः समृद्धि भएको थियो। सन् १९१८ मा युक्रेनी राष्ट्रिय गणतन्त्रले सोभियत रूसबाट स्वतन्त्रता घोषणा गरेपछि किभ यसको राजधानी भएको थियो। लाल सेनाले सन् १९२१ पछि किभ युक्रेनी सोभियत समाजवादी गणराज्यको सहर घोषणा गर्दै सन् १९३४ मा किभ यसको राजधनी थियो। यो सहर दोस्रो विश्वयुद्धको अवधिमा लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो तर युद्ध पछि चाडै नै यसको उत्थान भएको थियो। यो सहर सोभियत सङ्घको तेस्रो सबैभन्दा ठूलो सहर बनेको थियो।