कालिकट अन्तर्राष्ट्रिय विमानस्थल
From Wikipedia, the free encyclopedia
कालिकट अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: CCJ, आइसिएओ: VOCL) भारतको केरल राज्यमा रहेको मल्लप्पुरमको करिपुर नामक स्थानमा अवस्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलले दक्षिण मालबार क्षेत्रमा रहेको मल्लप्पुरम, पालक्कड, वायनाड र कोझिकोडका मानिसहरूलाई सेवा दिइरहेको छ। यो विमानस्थलको उद्घाटन सन् १९८८ अप्रिल १३ मा भएको थियो।[4][5]एअर इन्डिया एक्सप्रेसको केन्द्रीय विमानस्थलको रूपमा सेवा गर्दै आएको यो विमानस्थलले केरलबाट हज तीर्थयात्राको लागि मदिना र जेद्दासम्म सेवा दिने गरेको छ। यात्रु आवतजावतको हिसाबले यो भारतको ११औँ व्यस्त विमानस्थल हो।[6] यो केरल राज्यमा रहेको कोची र तिरुवनन्तपुरम विमानस्थलपछि तेस्रो व्यस्त विमानस्थल हो। यो विमानस्थललाई सन् २००६ फेब्रुअरी २ मा अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तर उन्नति गरिएको थियो।[7][8]
छरितो तथ्यहरू कालिकट अन्तर्राष्ट्रिय विमानस्थल, विवरण ...
कालिकट अन्तर्राष्ट्रिय विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | AAI | ||||||||||
सञ्चालक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
सेवा गर्ने स्थान |
| ||||||||||
अवस्थित स्थान | करिपुर, कोनडोट्टी, मल्लप्पुरम, केरल, भारत | ||||||||||
विमान हब | एअर इन्डिया एक्सप्रेस | ||||||||||
उचाइ समुद्री सतह | १०४ m / ३४२ ft | ||||||||||
निर्देशाङ्क | ११.१४°N ७५.९५°E / 11.14; 75.95 | ||||||||||
वेबसाइट | www | ||||||||||
नक्सा | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
तथ्याङ्कहरू (सन् २०१९ अप्रिल - सन् २०२० मार्च) | |||||||||||
| |||||||||||
बन्द गर्नुहोस्