एसियाली खेलकुद
From Wikipedia, the free encyclopedia
एसियाली खेलहरूलाई एसियाडको नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्।
छरितो तथ्यहरू ध्येय, प्रथम वृत्तांत ...
चित्र:Asiangame.png एसियाली खेल चिह्न | |
ध्येय | सदैव प्रगतिशील |
---|---|
प्रथम वृत्तांत | नयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल |
हुन्छ प्रति | चार वर्षमा |
अन्तिम वृत्तांत | दोहा, कतारमा २००६को एसियाली खेल |
उद्देश्य | एसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू |
जालस्थल | एसियाली ओलम्पिक परिषद |
बन्द गर्नुहोस्
यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदको पर्यवेक्षणमा गरिन्छ। प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, यस परम्पराको शुभारम्भ १९५१मा भएको हो।
प्रथम एसियाली खेलहरूको आयोजन दिल्ली, भारतमा गरिएको थियो, जसलाई सन् १९८२मा पुनः यो खेलको आयोजना गर्ने मौका प्राप्त भयो। आजसम्मको अन्तिम एसियाली खेल १ डिसेम्बर देखि १५ डिसेम्बर, २००६को बीच दोहा, कतारमा आयोजित गरियो। सोह्रौँ एसियाली खेलको आयोजन १२ नोभेम्बर देखि २७ नोभेम्बर, २०१०को बीच गरिएकोछ, जुन ग्वांगझोउ, चीनमा भइरहेछ।