![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0d/Alexis_Tsipras%252C_prime_minister_of_Greece.jpg/640px-Alexis_Tsipras%252C_prime_minister_of_Greece.jpg&w=640&q=50)
एलेक्सिस सिप्रास
From Wikipedia, the free encyclopedia
एलेक्सिस सिप्रास ( प्राचीन युनानी: Αλέξης Τσίπρας , pronounced ; जन्म २८ जुलाई १९७४ ) २०१९ देखि विपक्षी दलका नेताको रूपमा काम गरिरहेका ग्रीक राजनीतिज्ञ हुन्। २००९ देखि वामपन्थी पार्टी सिरिजाको नेताका सिप्रासले, २०१५ देखि २०१९ सम्म ग्रीसको प्रधानमन्त्रीको रूपमा काम गरे। [1]
Alexis Tsipras Αλέξης Τσίπρας | |
---|---|
![]() | |
प्रतिपक्षी नेता (ग्रीस) | |
कार्यकाल ८ जुलाई २०१९ – 29 जुन 2023 | |
प्रधानमन्त्री | किरियाकोस मिट्सोटाकिस |
पूर्वाधिकारी | किरियाकोस मिट्सोटाकिस |
कार्यकाल २० जुन २०१२ – २६ जनवरी २०१५ | |
प्रधानमन्त्री | Antonis Samaras |
पूर्वाधिकारी | आन्तोनिस समरस |
उतराधिकारी | आन्तोनिस समरस |
ग्रीसका प्रधानमन्त्री | |
कार्यकाल २१ सेप्टेम्बर २०१५ – ८ जुलाई २०१९ | |
राष्ट्रपति | Prokopis Pavlopoulos |
सहायक | Yannis Dragasakis |
पूर्वाधिकारी | Vassiliki Thanou-Christophilou |
उतराधिकारी | काइरियाकोस मिचोटाकिस |
कार्यकाल २६ जनवरी २०१५ – २७ अगस्ट २०१५ | |
राष्ट्रपति | Karolos Papoulias Prokopis Pavlopoulos |
सहायक | Yannis Dragasakis |
पूर्वाधिकारी | Antonis Samaras |
उतराधिकारी | Vassiliki Thanou-Christophilou |
विदेश मन्त्रो | |
कार्यकाल २० अक्टोबर २०१८ – १५ फेब्रुअरी २०१९ | |
पूर्वाधिकारी | Nikos Kotzias |
उतराधिकारी | Georgios Katrougalos |
सिरिजा पार्टीका नेता | |
कार्यकाल ४ अक्टोबर २००९ – 24 सेप्टेम्बर 2023 | |
पूर्वाधिकारी | Alekos Alavanos |
उतराधिकारी | Stefanos Kasselakis |
व्यक्तिगत विवरण | |
जन्म | (1974-07-28) २८ जुलाई १९७४ (उमेर ४९) एथेन्स, ग्रीस |
राजनीतिक दल | कम्युनिष्ट पार्टी (१९९१ पहिले) Synaspismos (1991–2013) सिरिजा (२०१३-हाल) |
अन्य राजनीतिक संलग्नता | Party of the European Left |
घरेलु साझेदार | Peristera Baziana |
सन्तान(हरू) | 2 |
शिक्षा | National Technical University of Athens |
हस्ताक्षर | ![]() |
सिप्रास २००९ देखि कट्टरपन्थी बाम समुह (सिरिजा), वामपन्थी राजनैतिक पार्टीको नेता रहीआएका छन् । उनी २०१०को दशकको ग्रीक ऋण सङ्कट को क्रममा चौथो ग्रीक प्रधानमन्त्री हुन्। मूलतः
मितव्ययिता उपायको प्रष्ट आलोचक रहेका सिप्रास, तेश्रो ऋण जमानत (२०१५-२०१९)को सन्दर्भमा गहन मितव्ययिता नीतिले चिनिन्छ ।
सिप्रसको जन्म १९७४ मा एथेन्समा भएको थियो। उनी १९८० को दशकको अन्त्यतिर ग्रीक कम्युनिष्ट युथमा सामेल भए र १९९० को दशकमा शिक्षा सुधार योजनाको बिरुद्ध विद्यार्थी बिरोधमा राजनैतिक रूपमा सक्रिय थिए , उनी त्यस आन्दोलनको प्रवक्ता बने। उनले एथेन्सको नेशनल टेक्निकल युनिभर्सिटीमा सिभिल इन्जिनियरिङको अध्ययन गरे, २००० मा स्नातक गरे, पछि शहरी र क्षेत्रीय योजनामा स्नातकोत्तर अध्ययन गरे। उनले निर्माण उद्योगमा सिभिल इन्जिनियरको रूपमा काम गरे, जुन एथेन्समा रहेको थियो।
जनवरी २०१५ मा, २०१५ को ग्रीक संसदीय निर्वाचनमा सिरिजा पार्टीलाई विजयी नेतृत्व प्रदान गरे। ३०० सिट मध्ये १४९ सिट जितेको सिरिजा ले इन्डीपेन्डेन्ट ग्रीक्ससँग गठबन्धन बनाए । २० अगस्ट २०१५ मा, प्रधानमन्त्री कार्यकालको सात महिना पछि उनले आफ्नो बहुमत गुमाए , त्यसपछी उनले राजिनामा दिएर र अर्को महिना चुनावको घोषणा गरे। त्यसपछिको सेप्टेम्बर २०१५ मा चुनाव भयो। सिप्रसले सिरिजालाई अर्को विजयमा पुर्याए। उनले ३०० सीटहरू मध्ये १४५ सिट जित्दै इन्डीपेन्डेन्ट ग्रीक्ससँग फेरि गठबन्धनको गठन गरे। प्रधानमन्त्रीकालको दौडान उनले ग्रीक सरकारको कर्जा सङ्कटसम्बन्धी वार्ताहरूको निरीक्षण गरे, र ग्रीक बेलाउट जनमत सङ्ग्रहको आरम्भ गरे र युरोपियन आप्रवासी सङ्कट प्रति प्रतिक्रिया दिए। २०१५ मा, उनलाई टाइम (पत्रिका) पत्रिकाले विश्वव्यापी १०० प्रभावशाली व्यक्ति मध्ये एकको रूपमा राखेको थियो। [2]
ग्रीसका प्रधानमन्त्रीका रूपमा विपक्षी दलहरूले सिप्रासलाई चुनावको पूर्वआश्वासन विपरित कडा मितव्ययी कदम चालेकोमा आरोप लगाएका थिए र पहिले नै विद्यमान समस्याहरूलाई झनै खराब बनाएको आरोप लगाए। ग्रीसको अर्थव्यवस्था, देशले सङ्कट भएदेखि यता २५ % जीडीपी गुमाएको थियो। [3]