एमिनेम
अमेरिकी र्यापर र अभिनेता / From Wikipedia, the free encyclopedia
मार्सल ब्रुस म्याथर्स (इमिनेम) स.न्. १९७२ अक्टोबर १७ का दिन संयुक्त राज्य अमेरिकाको मिसैरी राज्यको दोस्रो ठूलो शहर सेन्ट जोसेफमा जन्मेका थिए । सिल्म् सेडीको नामले पनि चर्चित उनी अमेरिकी व्यापारी, गीतकार तथा अभिनेता पनि हुन् । इमिनेम विश्वचर्चित कलाकार मध्यका एक हुन् । विश्वका बहुचर्चित मासिक पत्रिका तथा दैनिक पत्रिकाले पनि र्याप गीत सङ्गीतका संसारमा उनले गरेको योगदानको कदर गरेका छन् । अमेरिकाको विश्वचर्चित मासिक पत्रिका रोलिङ स्टोनले उनलाई विश्वका १०० जना सदाबहार कलाकार मध्ये ८२औं स्थानमा सुचिकृत गरेको छ । यसै मासिक पत्रिकाले उनलाई ‘किङ अफ हिपहप’को समेत उपाधि प्रदान गरेको हो । इमिनेम विश्वकै सर्वाधिक गीति सङ्ग्रह बिकाउने कलाकार मध्यमा पर्दछन् । उनको हाल सम्म ३ करोड ३३ लाख भन्दा बढी गीत डाउन्लोड भएका छन् भने करिब ८६ करोड गीति सङ्ग्रह विश्वव्यापी रूपमा बिक्रि भईसकेका छन् जसमध्ये ४१ करोड गीति सङ्ग्रह संयुक्त राज्य अमेरिकामा मात्र भएको थियो ।[1]
इमिनेम | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | मार्सल ब्रुस म्याथर्स ‘तेस्रो’ |
उपनाम | M&M (former) |
जन्म | (१९७२-१०-१७)अक्टोबर १७, १९७२ मिसौरी सेन्ट जोसेफ, मिसौरी, संयुक्त राज्य अमेरिका |
उत्पत्ति | डेट्रोईट, मिसिगन, संयुक्त राज्य अमेरिका |
विधा | हिपहप |
पेशा | र्यापर, गीतकार, अभिनेता |
सक्रिय वर्ष | सन् १९९२ – हाल सम्म |
लेबल | Web, Shady, Aftermath, Interscope (current) Bassmint, FBT Productions, Mashin' Duck Records (former) |
सहयोगी | Bad Meets Evil, D12, 50 Cent, Dr. Dre, Nate Dogg, Obie Trice, Proof, Xzibit |
वेबसाइट | eminem |
इमिनेमले स.न्. १९९९ मा आफ्नो गीति सङ्ग्रह द सिल्म् सेडी एल पि लगायत ‘द मार्सल म्याथर्स’र ‘द इमिनेम सो’ को मार्फत छोटो समयमै निकै चर्चा परिचर्चा कमाएका थिए । उनका ती सबै गीति संग्रहले ग्य्रामी अवार्ड जित्न सफल भएको थियो भने उनी पनि तीनवटा सफल र्याप गीति सङ्ग्रह निकाल्ने गायकको रूपमा सम्मानीत भएका थिए । स.न्. २०१० मा उनले रिलिज गरेको उनको सत्रैं गीतीएल्बम रिकबरीले विश्वव्यापी सफलता हात पारेको थियो । उनको सोही गीतीएल्बमले स.न्. २०१० मा विश्वव्यापी रुपमै सर्वाधिक बिक्ने एल्बमको उपाधि समेत पाएको थियो । उनले आफ्नो जिवनकालमा १३ ग्रामी अर्वाड हासील गरी सकेका छन् ।
गीतसंगीतको सफलतासंगै स.न्. १९९९मा उनले आफ्नै सिल्म् सेडी रेर्कडिङ स्टूडियो समेत खोलेका हुन् । यसका साथै उनले सेड ‘४५’ नामक आफ्नै रेडियो स्टेसन समेतको स्थापना गरेका छन् । उनी स.न्. २००२मा एट माइल नामक चलचित्रवाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए र सोहि चलचित्रवाट उनी ‘एकेडेमी अर्वाड फर बेष्ट आरिजिनल सङ’ पाउने पहिलो र्याप कलाकारको रूपमा चिनिए । यसका साथै उनले विभिन्न चलचित्र र टेलिभिजन कार्यक्रममा समेत अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् ।