एके फजलुल हक
From Wikipedia, the free encyclopedia
आबुल काशेम फजलुल हक (बङ्गाली: আবুল কাশেম ফজলুল হক, जन्म: सन् १८७३ अक्टोबर २६, मृत्यु: सन् १९६२ अप्रिल २७) एक बङ्गलादेशी राजनितीज्ञ तथा वकिल थिए। उनी बीसौँ शताब्दीको सुरुवातमा एक बङ्गाली कूटनीतिज्ञ हिसाबले परिचित थिए। उनी त्यससमय जनमानस बीच शेरेबाङ्ला (बाङ्लाको बाघ) तथा हक साहेबको नामबाट परिचित थिए।[1] उनले आफ्नो राजनैतिक कार्यकालमा विभिन्न पदहरूमा आसित थिए भने उनी कलकत्ताका नगर प्रमुख (सन् १९३५), अविभाजित बाङ्लाका प्रधानमन्त्री (सन् १९३७-१९४३), पूर्वी पाकिस्तानका मुख्यमन्त्री (सन् १९५४), पाकिस्तानका स्वराष्ट्रमन्त्री (सन् १९५५) र पूर्वी पाकिस्तानका गभर्नरको (सन् १९५६-१९५८) रूपमा काम गरेका थिए भने उनी संयुक्त मोर्चा (जुक्तफ्रन्ट) गठन गर्न नेताहरू मध्ये हक एक थिए। हक बेलायती भारतमा र त्यसपछि पाकिस्तान पूर्वी पाकिस्तानमा (हाल बङ्गलादेश) एक प्रमुख राजनीतिक व्यक्ति थिए।[2] उनी कलकत्ता सर्वोच्च अदालत तथा ढाका सर्वोच्च अदालतमा काम गर्ने एक प्रतिष्ठित वकिल मध्ये एक थिए। हकले क्षेत्रीय नागरिक सेवामा काम गर्दै सन् १९०६ मा पूर्वी बङ्गाल र आसामबाट आफ्नै राजनैतिक कार्यकालको सुरुवात गरेका थिए।
शेरेबाङ्ला आबुल काशेम फजलुल हक | |
---|---|
पूर्व पाकिस्तानका गभर्नर | |
कार्यकाल सन् १९५६ – सन् १९५६ | |
राष्ट्रपति | इस्कान्दार मीर्जा |
उतराधिकारी | सुलतानउद्दिन आहमेद |
पूर्व पाकिस्तानका मुख्यमन्त्री | |
कार्यकाल सन् १९५४ – सन् १९५५ | |
महाराज्यपालक | मालिक गोलाम मुहाम्मद इस्कान्दार मीर्जा |
उतराधिकारी | आबु होसेन सरकार |
बाङ्लाका मुख्यमन्त्री | |
कार्यकाल १ अप्रिल १९३७ – २९ मार्च १९४३ | |
महाराज्यपालक | लर्ड लिन्लिथ्गो |
राज्य प्रमुख | जोन आर्थार हार्वार्ट |
पूर्वाधिकारी | नयाँ पदको स्थापना |
उतराधिकारी | खाजा नाजिमुद्दिन |
व्यक्तिगत विवरण | |
जन्म | आबुल काशेम फजलुल हक (१८७३-१०-२६)२६ अक्टोबर १८७३ बाकेरगञ्ज, बेलायती भारत (वर्तमान झालकाठी, बङ्गलादेश) |
मृत्यु | २७ अप्रिल १९६२(1962-04-27) (उमेर ८८) ढाका, पूर्व पाकिस्तान, पाकिस्तान (वर्तमान ढाका, बङ्गलादेश) |
चिहान | तीन नेताको चिहान |
नागरिकता | बेलायती भारत (सन् १९४७ सम्म) पाकिस्तान (सन् १९५६–१९८२) (वर्तमान बङ्गलादेश) |
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस निखिल भारत मुस्लिम लीग कृषक प्रजा पार्टि कृषक श्रमिक पार्टी |
जीवन साथी(हरू) | खसर्शिद बेगम जान्नातुन्निसा बेगम खादिजा |
सन्तान(हरू) | आबुल काशेम फयजुल हक |
मातृ शिक्षाप्रतिष्ठान | बोरिशाल जिल्ला विद्यालय कलकत्ता विश्वविद्यालय |