![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/19/Utpal_Dutt_2013_stamp_of_India.jpg/640px-Utpal_Dutt_2013_stamp_of_India.jpg&w=640&q=50)
उत्पल दत्त
From Wikipedia, the free encyclopedia
उत्पल दत्त (listenⓘ) (जन्म:२९ मार्च १९२९-१९ अगस्ट १९९३) एक भारतिय अभिनेता र चलचित्र निर्देशक थिए। दत्त उनको सुरुवाती कार्यकालमा मूलतया बङ्गाली चलचित्रका एक अभिनेता थिए भने पछि उनी आधुनिक भारतीय चलचित्रका अग्रगामी व्यक्ति बनेका थिए जब उनले सन् १९४९ मा लिटिल थिएटर ग्रुप नामक एक संस्थाको सुरुवात गरे। यस समूहले तात्कालिक समयमा विभिन्न अङ्ग्रेजी लेखक र साहित्यकाहरूको कृतिमा आधारित छोटो चलचित्रको निर्माण गर्ने गरेको थियो। उनको नाटक उनको मार्क्सवादी विचारधाराको अभिव्यक्तिले बनेको थियो जसमा उनले एक समाजिक र राजनैतिक विषयलाई नाटकमा ल्याउने गरेका थिए। यस्ता विषयहरूमा आधारित नाटकहरू; कलोल (सन् १९६५), मुन्सर अधिकार, लोहा मानव (सन् १९६४), महा-विद्रोह आदि रहेका छन्। ४० वर्ष सम्मको चलचित्र कार्यकालमा दत्तले भारतिय र बङ्गाली सहित १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए भने उनका मृणाल सेनको भूवन सोम (सन् १९६९), सत्यजित रायको आगन्तुक (सन् १९९१), गौतम घोसको पद्म नाधिर माझी (सन् १९९३) र हरिसकस मुखर्जीको केही हास्यवेङ्ग्य चलचित्रहरू जस्तै गोल माल (सन् १९७९) र रङ्ग बिरङ्गी (सन् १९८३) आदि रहेका छन्। दत्तले १९९० को दशकमा उनको निधन हुनु भन्दा केही वर्ष अघि उनले एक नाटकमा मूर्तीकारको पनि भूमिका निभाएका थिए।[1][2][3][4]
उत्पल दत्त | |
---|---|
![]() सन् २०१३ को एक स्ट्याम्पमा उत्पल दत्त | |
जन्म | (१९२९-०३-२९)२९ मार्च १९२९ बरिसाल, ब्रिटिस्ट भारत (हाल बङ्गलादेशमा) |
मृत्यु | १९ अगस्ट १९९३(1993-08-19) (उमेर ६४) कलकत्ता, पश्चिम बङ्गाल, भारत |
पेशा | अभिनेता, निर्देशक |
कार्यकाल | सन् १९४७–१९९३ |
जीवनसाथी | सोभा सेन ( वि १९६०–१९९३) |
सन्तान | विस्णुप्रय दत्त |
दत्तलाई सन् १९७० मा उत्कृष्ट अभिनेताको रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरियो र ३ फिल्मफियर उत्कृष्ट हास्यवेङ्ग्य अवार्ड पनि प्रदान गरिएको थियो। सन् १९९० मा सङ्गीत नाटक सङ्घ, भारतिय राष्ट्रिय एकेडेमीले उनलाई परस्कृत गरेका थिए।