![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8c/Nepal_Karnali_adm_location_map.svg/langne-640px-Nepal_Karnali_adm_location_map.svg.png&w=640&q=50)
अवल पराजुल
From Wikipedia, the free encyclopedia
अवल पराजुल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, दैलेख जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२१३ रहेको थियो जसमध्ये २०३९ पुरुष र २१७४ महिला रहेका थिए भने यहाँ ७६६ घरधुरी रहेको थियो।[1] प्राचिन समयमा डाँडा पराजुल र अवल पराजुल दुइटै गाविसलाई "पराजुल" भनिन्थ्यो। पराजुललाई नेपालमा बसोवास गर्ने पराजुली जातिको उद्गम स्थलको रूपमा चिनिन्छ।पराजुलमा सुरुमा बसोवास गर्ने मालासैनी ब्राह्मण र महाराजी तिरूवा भएकाले तिरुवाले आफ्नो धर पराजुली लेख्ने गरेका छन्।
छरितो तथ्यहरू अवल पराजुल, देश ...
अवल पराजुल | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८.७३°N ८१.७६°E / 28.73; 81.76 | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | दैलेख जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,२१३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बन्द गर्नुहोस्