अर्जेन्टिना राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
अर्जेन्टिना राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Argentina) सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले १९७८ फिफा विश्वकप र १९८६ फिफा विश्वकप गरी दुईवटा विश्वकपको उपाधि जितिसकेको छ भने १९३० फिफा विश्वकप, १९९० फिफा विश्वकप र २०१४ फिफा विश्वकपको उप-विजेता राष्ट्र रहेको थियो। अर्जेन्टिना फुटबल टिमको लागि विश्व फुटबलको इतिहासमा प्रसिद्धि पाएका फुटबल खेलाडीहरू डिएगो म्याराडोना, ग्याब्रिएल बाटिस्टुटा, लियोनेल मेसीले आफ्नो योगदान दिएका छन्। अर्जेन्टिना ब्राजिल, उरुग्वे, इङ्ल्यान्ड र जर्मनीसँग प्रतिद्वन्द्वीका लागि परिचित छ।[2][3] अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले अर्जेन्टिना को पुरुषको अन्तर्राष्ट्रिय फुटबल को प्रतिनिधित्व गर्दछ र यसको व्यवस्थापन अर्जेन्टिना फुटबल संघले गर्दछ। ला सेलेक्सिय्न (राष्ट्रिय टोली) जसलाई ला अल्बिसेलेस्टे पनि भनेर चिनिने यो टोली हाल सम्म ६ वटा विश्वकपको फाइनल खेलेका छ।
उपनाम(हरू) | La Albiceleste (The White and Sky-Blues) | ||
---|---|---|---|
सङ्गठन | अर्जेन्टिना फुटबल सङ्घ (एएफए) | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | लियोनेल स्क्यालोनी (अन्तरिम) | ||
कप्तान | लियोनेल मेसी | ||
सर्वाधिक उपस्थिति | लियोनेल मेसी (१७२) | ||
सर्वाधिक गोलकर्ता | लियोनेल मेसी (९८) | ||
गृह रङ्गशाला | एन्टोनियो भेस्प्युकियो लिबेर्ती (एल मोन्युमेन्टल) | ||
फिफा कोड | ARG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ०३ (२५ नोभेमबर २०२२) | ||
उच्च वरीयता | १ (मार्च २००७, अक्टोबर २००७ – जुन २००८, जुलाई – अक्टोबर २०१५, अप्रिल २०१६ – अप्रिल २०१७) | ||
निम्न वरीयता | २४ (अगस्त १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
उरुग्वे २–३ अर्जेन्टिना (मोन्टेभिडियो, उरुग्वे; १६ मे १९०१)[1] | |||
ठूलो विजय | |||
अर्जेन्टिना १२–० इक्वेडर (मोन्टेभिडियो, उरुग्वे; २२ जनवरी १९४२) | |||
ठूलो हार | |||
चेकोस्लोभाकिया ६–१ अर्जेन्टिना (हेल्सिङबर्ग, स्विडेन; १५ जून १९५८) बोलिभिया ६–१ अर्जेन्टिना (ला पाज, बोलिभिया; १ अप्रिल २००९) स्पेन ६–१ अर्जेन्टिना (म्याड्रिड, स्पेन; २७ मार्च २०१८) उरुग्वे ५–० अर्जेन्टिना (ग्वायाकिल, इक्वेडर; १६ डिसेम्बर १९५९) कोलोम्बिया ५–० अर्जेन्टिना (ब्युनस आयर्स, अर्जेन्टिना; ५ सेप्टेम्बर १९९३) | |||
विश्वकप | |||
उपस्थिति | १८ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | विजेता (१९७८, १९८६, २०२२) | ||
कोपा अमेरिका | |||
उपस्थिति | ४१ (पहिलो खेल १९१६) | ||
उत्कृष्ट नतिजा | विजेता (१९२१, १९२५, १९२७, १९२९, १९३७, १९४१, १९४५, १९४६, १९४७, १९५५, १९५७, १९५९, १९९१, १९९३) | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ३ (पहिलो खेल १९९२) | ||
उत्कृष्ट नतिजा | विजेता (१९९२) |