![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8d/Arjundhara_Temple_by_ST.jpg/640px-Arjundhara_Temple_by_ST.jpg&w=640&q=50)
अर्जुनधारा धाम
From Wikipedia, the free encyclopedia
अर्जुनधारा झापा जिल्लामा पर्ने हिन्दू तीर्थस्थल हो। यो नेपालको मेची अञ्चलको झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा अवस्थित छ। पहिले अर्जुनधारा गाविसमा पर्ने यो धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ । जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी रभ्ने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ। सातकुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8d/Arjundhara_Temple_by_ST.jpg/640px-Arjundhara_Temple_by_ST.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/ne/thumb/8/8a/Arjundhara.jpg/640px-Arjundhara.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/ne/thumb/6/6a/Arjundhaara.jpg/640px-Arjundhaara.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/ne/thumb/5/55/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A5%81%E0%A4%A8%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%BE_%E0%A5%A6%E0%A5%A8.jpg/640px-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A5%81%E0%A4%A8%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%BE_%E0%A5%A6%E0%A5%A8.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e8/Arjun_Dhara1.jpg/640px-Arjun_Dhara1.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/63/Arjun_Dhara_Temple_Jhapa.jpg/640px-Arjun_Dhara_Temple_Jhapa.jpg)
२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको पाइन्छ। यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरूका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको पाइन्छ। यो धाम पूर्वीय दर्शनमा आधारित एवं संस्कृत शिक्षाबाट प्रभावित रहेको छ । यस स्थानमा संस्कृत मा.वि. र वेदविद्यापीठ समेत स्थापना गरीएको छ। कालिका स्थानको गार्गी विद्यापीठ भने गुरुकुल शिक्षा पद्धतिमा आधारित छ । अर्जुनधारा परिसरभित्र संचालित वेद विद्यापीठमा व्राम्हणका अतिरिक्त दलित जातका विधार्थीहरूलाई समेत पढाउने गरीएको छ ।
अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरूमा देश भित्रका र भारतबाट समेत भक्तजनहरूआउने गर्दछन। [1]