अब्दुल गफ्फार खान
From Wikipedia, the free encyclopedia
अब्दुल गफ्फार खान एक पश्तून स्वतन्त्रता कार्यकर्ता थिए, र भारतमा ब्रिटिस औपनिवेशिक शासन विरुद्ध खुदाइ खिदमतगार प्रतिरोध आन्दोलनका संस्थापक थिए। उहाँ एक राजनीतिक र आध्यात्मिक नेता हुनुहुन्थ्यो जो आफ्नो अहिंसक विरोध र आजीवन शान्तिवादका लागि परिचित थिए। उहाँ एक धर्मपरायण मुस्लिम र उपमहाद्वीपमा हिन्दु-मुस्लिम एकताका पक्षधर हुनुहुन्थ्यो।[3] उनको समान विचारधारा र महात्मा गान्धीसँग घनिष्ठ मित्रताको कारण, खानलाई सरहदी गान्धी (सरहदी गांधी, 'द फ्रन्टियर गान्धी') उपनाम दिइएको थियो।
छरितो तथ्यहरू फखर-ए-अफगानसरहदी गान्धी Abdul Ghaffar Khan, जन्म ...
फखर-ए-अफगान सरहदी गान्धी Abdul Ghaffar Khan | |
---|---|
عبدالغفار خان | |
जन्म | (१८९०-०२-०६)६ फेब्रुअरी १८९० उतमानजई, पन्जाब प्रांत, ब्रिटिस भारत[1] (वर्तमान समय, खैबर पख्तूनख्वा, पाकिस्तान) |
मृत्यु | २० जनवरी १९८८(1988-01-20) (उमेर ९७) पेशावर, उत्तर-पश्चिम सीमांत प्रांत, पाकिस्तान |
निवास | जलालाबाद, अफगानिस्तान |
राष्ट्रियता |
|
शिक्षा | अलीगढ़ मुस्लिम विश्वविद्यालय |
उपाधि | बादशाह खान[2] |
राजनीतिक दल |
|
राजनीतिक कृयाकलाप | भारतीय स्वतन्त्रता आन्दोलन
|
जीवनसाथी | Meharqanda Kinankhel ( वि १९१२–१९१८)Nambata Kinankhel ( वि १९२०–१९२६) |
सन्तान |
|
मातापिता | Abdul Bahram Khan (father) |
आफन्त | Abdul Jabbar Khan |
पुरस्कार |
|
बन्द गर्नुहोस्
१९२९ मा, खानले औपनिवेशिक विरोधी अहिंसात्मक प्रतिरोध आन्दोलन, खुदाइ खिदमतगारको स्थापना गर्नुभयो। खान सन् १९६० र १९७० को दशकमा जेल वा निर्वासनमा परेका थिए। उनलाई सन् १९८७ मा भारत सरकारले भारतको सर्वोच्च नागरिक पुरस्कार भारत रत्न प्रदान गरेको थियो।