सार्वभौम राज्य
From Wikipedia, the free encyclopedia
स्वतन्त्र सार्वभौम राष्ट्र एक गैर-भौतिक वैध इकाई हो, जुन एक केन्द्रीय सरकारद्वारा शासित रहेको हुन्छ जसको एक विशेष क्षेत्र माथि सार्वभौमिकता रहेको हुन्छ।[1] अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै पनि अन्य सार्वभौम राष्ट्रसँग निश्चित सीमा, सरकार र सम्बन्ध स्थापित गर्न सक्ने क्षमता भएमा स्थायी सरकारलाई सार्वभौम राष्ट्र भनिन्छ।[2] सामान्य अर्थमा, एक सार्वभौम राज्य अर्को शक्ति वा राज्यमा निर्भर वा प्रभावित हुँदैन।
राज्यको अस्तित्व वा उन्मूलन एक कानूनी विश्वास हो। राज्यको घोषणात्मक सिद्धान्त अनुसार, एक सार्वभौम राज्य अर्को सार्वभौम राज्यको मान्यताको अतिरिक्त अस्तित्वमा रहन सक्छ।[3] सामान्यतया एक सार्वभौम राष्ट्र स्वतन्त्र रहेको बुझ्न सकिन्छ। राज्यको घोषणात्मक सिद्धान्त अनुसार, एक सार्वभौम राज्य अन्य सार्वभौम राज्यहरूद्वारा मान्यता प्राप्त बिना अस्तित्वमा रहन सक्छ।[4] आंशिक रूपमा मान्यता प्राप्त राष्ट्रहरूलाई प्राय: पूर्ण सन्धि गर्ने शक्तिहरू प्रयोग गर्न वा अन्य सार्वभौम राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धमा संलग्न हुन गाह्रो हुन्छ।