रेसम
From Wikipedia, the free encyclopedia
रेसम प्राकृतिक प्रोटिन फाइबर हो जस मध्य केही कपडा बनाउनको लागि प्रयोग गरिन्छ। रेसमका फाइबरहरु फाइब्रोइन नामक प्रोटिन तत्वबाट बनेका हुन्छन्। उक्त प्रोटिन तत्व केही किराले लार्भा अवस्थामा कोकुन बनाउँदा प्रयोग गर्दछन्।[1] उच्च कोटिका रेसम, बम्बेक्स मोरी नामका रेसम किराका प्रजातिले बनाउँछन्; यसलाई पाल्ने प्रकृियालाई सेरीकल्चर भनिन्छ। रेसमका फाइबरका सुक्ष्म बनोटमा प्रिजम आकार हुने हुँदा यसले आएका प्रकाश लाई विभिन्न कोणमा फेलाउन जाँदा, अद्भुत रङ बन्दछन्।
किरा वर्गमा अन्य किराहरुले पनि रेसम बनाउन सक्ने क्षमता राख्ने भएता पनि मथ (रात्री पुतली) को लार्भा बाट निर्मित रेसम लाई नै बढी प्रयोग गरिएका छन्। अन्य प्रकारका रेसममा पनि अध्ययन अनुसन्धान भने भएका छन्।[2] लार्भा अवस्था पार गरी अर्को अवस्थामा पूर्ण रुपमा विकसित हुदाँ, लार्भाहरुले रेसम निर्माण गरेता पनि, केही किरा जस्तै वेभ-स्पिनर, रेस्पी क्रिकेट जसता किराले भने जीवन अवधी भर नै रेसम तयार गर्दछन्। रेसम बनाउने प्रकृिया अन्य किराहरुमा हिम्नोप्ट्रा (समुहमा पर्ने मौरी, बारुला, कमिला), लेसविङ्स्, मिजेस जस्ता किराहरुमा पनि देखिएका छन्। माकुरामा पनि रेसम बनाउने प्रकृया देखिन्छन्।