महाभारत
From Wikipedia, the free encyclopedia
महाभारत हिन्दुहरूको एक प्रमुख काव्य ग्रन्थ हो, जसलाई स्मृति वर्गको ग्रन्थ मानिन्छ। यस ग्रन्थ भारतीय संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ मानिन्छ।[1]
महाभारत | |
---|---|
महाभारतम् | |
विबरण | |
धर्म | हिन्दु धर्म |
लेखक | व्यास |
भाषा | संस्कृत |
अध्यायहरू | १८ पर्व |
पद्य | २००,००० |
पूर्ण पाठ | |
महाभारतम् नेपाली विकिस्रोतमा |
महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्,को सामुन्ने यो प्रस्ताव राखेका थिएँ। गणेश तत्काल तयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा वाचन गर्दा खेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्।
यस महाकाव्यको शुरुवात एउटा सानो रचना जयबाट भएको थियो भन्ने मान्यता छ। यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाई सामान्यतया वैदिक युगमा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरूले यसको तिथि निर्धारित गर्नका लागि यसमा वर्णित सूर्य ग्रहण र चन्द्र ग्रहणहरूको बारेमा अध्ययन गरेका छन् र यसलाई ३१औँ शताब्दी इसा पूर्वको मान्दछन् भने पौराणिकहरू ५०७८ वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१ पूर्व लेखनकार्य सम्पन्न भएको मान्दछन् ,तर मतभेद भने अझै पनि जारी छ।[2]
शल्य, जो महाभारतमा कौरवहरूको तर्फबाट लडेका थिएँ, उनलाई रामायणमा वर्णित लव र कुश पछिको ५०औँ पुस्ताको मानिन्छ। यसै आधारमा केही विद्वानहरू महाभारतको समय रामायण भन्दा १००० वर्ष पछिको मान्दछन्। तिथिहरू चाहे जे सुकै भएपनि यहि काव्यहरूको आधारमा वैदिक धर्मको आधार टिकेको छ जो पछि हिन्दु धर्मको आधुनिक आधार बनेको छ।