जमशेदपुर
From Wikipedia, the free encyclopedia
जमशेदपुर (/ˈdʒɑːmʃɛdpɔːr/, उच्चारणⓘ) भारतको झारखण्ड राज्यको एउटा सहर हो । यो भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३६औँ क्रममा र झारखण्डमा पहिलो स्थानमा रहेको छ । जमशेदपुरलाई टाटानगर पनि भनिने गरिन्छ । यो झारखण्ड राज्यको दक्षिणी भागमा अवस्थित पूर्वी सिंहभूम जिल्लाको भाग हो । जमशेदपुरको स्थापना पारसी व्यवसायी जमशेदजी नौशरवानजी टाटाले गरेको हो । सन् १९०७ मा टाटाले आइरन एण्ड स्टिल कम्पनी (टिस्को) को स्थापना गरेपछि यस सहरको जग बसाल्न सकिएको हो । यसभन्दा पूर्व यहाँ साक्ची नामक एउटा आदिवासी गाउँ हुने गर्थ्यो । यहाँको माटो कालो हुनेभएको कारणले यहाँको पहिलो रेलवे-स्टेशन कालीमाटीको नामले बन्यो जसलाई पछि परिवर्तन गरेर टाटानगर गरियो । खनिज पदार्थहरूको प्रचुर मात्रामा उपलब्धता र खडकई तथा सुवर्णरेखा नदीको सजिलै उपलब्ध पानी, तथा कोलकातासँगको नजिकीको कारण आजको यो आधुनिक सहरलाई बसाल्न सकिएको हो ।
जमशेदपुर
टाटानगर | |
---|---|
उपनाम: स्टिल सिटी | |
देश | भारत |
राज्य | झारखण्ड |
जिल्ला | पूर्वी सिंहभूम जिल्ला |
संस्थापक | जमशेदजी नौसरवानजी टाटा |
नामकरण | फलाम र स्टिल, सिमेन्ट उद्योग |
क्षेत्रफल | |
• महानगर | २०९ किमी२ (८१ वर्ग माइल) |
उन्नतांश | १५९ मिटर (५२२ फिट) |
जनसङ्ख्या (२०११)[2] | |
• महानगर | १,३३७,१३१ |
• घनत्व | ६४००/किमी२ (१७०००/वर्ग माइल) |
• महानगर | ६३१,३६४ |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | ८३१००१ देखि ८३१xxx |
टेलिफोन कोड | ०६५७ |
साक्षरता | ८५.९४% |
भाषा | हिन्दी, अङ्ग्रेजी र बङ्गाली |
वेबसाइट | www |
जमशेदपुर आज भारतको सबैभन्दा प्रगतिशील उद्योगिक नगरहरू मध्येमा एक हो । टाटा परिवारको कयौं कम्पनीहरूको उत्पादन एकाई जस्तै टिस्को, टाटा मोटर्स, टिस्कन, टिन्पलेट, टिमकन, ट्यूब डिभिजन, इत्यादि यहाँ कार्यरत छन् ।